ओखलढुंगाको जलदेबी युवा क्लब जन्तरखानीले रजत जयन्ती मनाउने भएको छ । क्लब स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा “ग्रामिण पर्यटन बिकास — राष्ट्र निर्माणको आधार, आन्तरिक पर्यटन, कृषि र पुर्बाधार, स्वास्थ्य — युवा बिकासको साझेदार” भन्ने मुल नाराका साथ बिविध कार्यक्रम गरि फागुन २५ गते रजत जयन्ती मनाउन लागिएको हो ।
बिगतदेखि नै सामाजिक कार्यमा सक्रिय रहेको जलदेबी युवा क्लबले रजत जयन्तीको अवसरमा टेलिफोन डायरी समेत प्रकाशन गर्ने भएको छ । रजत जयन्ती कै अवसरमा खुला पुरुष भलिबल प्रतियोगिता, मिनी म्याराथन प्रतियोगिता समेत आयोजना गरिएको क्लवका अध्यक्ष मानबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।