मंसिर २२ आईतबार २०७६
काठमाडौं - जारी १३ औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा फाइनल प्रवेशका लागि भैरहेको खेलमा नेपालले बंगलादेश विरुद्ध सुरुवात बाटै अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भईरहेको खेलमा नेपालले ११ औं मिनेटमै गोल गरेको हो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गर्दै अग्रता दिलाएका हुन् । खेलको हाफ समय सकिदा बंगलादेश ले गोल गर्न सकेको छैन ।
मंगलबार भुटानविरूद्ध हुने फाइनल खेल्न नेपालले आजको खेल कम्तिमा बराबरी गर्नुपर्नेछ । भुटान ९ अंक जोड्दै फाइनलमा प्रवेश गरिसकेको छ । खेलको हाफ समय सकिदा बंगलादेश ले गोल गर्न सकेको छैन ।