मंसिर १९ बिहिबार २०७६
१३ औं साग अन्तरगत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । अन्तर्रा्ष्ट्रिय टि(२० मा यो उनको पहिलो शतक हो । पछिल्ला खेलहरुमा राम्रो स्कोर बनाउन नसकेका कप्तान ज्ञानेन्द्र मल्लले बिहीबार भुटानविरुद्ध शतक प्रहार गरे ।कप्तान भएयता आफ्नो फर्म गुमाएका ज्ञानेन्द्रले भुटानको कमजोर टिममाथि छक्का र चौकाको वर्षा गरे । ५२ बलमा सतक बनाउँदा उनले ८ छक्का र ५ चौका प्रहार गरेका छन् । यसअघि नेपालका लागि एक मात्र टि(२० सतक पूर्व कप्तान पारसको नाममा छ ।
आजको म्याचमा भुटानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालको इनिङ सुरुवात गरेका पूर्व कप्तान पारस र ज्ञानेन्द्रले भुटानी बलरहरुको धज्जी उडाए । पारस २८ बलमा ५७ रन बनाएर आउट भए पनि ज्ञानेन्द्र रोकिएनन् ।ज्ञानेन्द्रको शतकीय इनिङको मद्दतमा नेपालले पहिलोपटक टि(२० मा २ सयभन्दा माथिको स्कोर कटाएको छ ।
१०७ रन बनाउँदै आउट भएका उनी सर्वा्धिक रन बनाउने नेपाली क्रिकेटर पनि बनेका छन् ।
१३ औं साग अन्तर्गत त्रिवि क्रिकेट मैदानमा १०० रन बनाएपछि उनले छोरीलाई शतक समर्पण गरेका छन् ।मल्लका दुई महिनाकी छोरी छिन् । उनले काखमा बच्चा लिएको संकेत गर्दै शतक उनलाई ‘डेडिकेट’ गरेका हुन् । शतक समर्पण पूर्वयोजना हो भन्ने प्रश्नमा उनले भने, ‘९९ रन बनाएपछि शतक हुन्छ भन्ने भयो र यो निर्णय गरेँ ।’
भुटान कमजोर टिम हो । तर त्यसविरुद्ध बनेको शतकले पनि आफूलाई आत्मविश्वास बढाउन मद्दत गर्ने बताए । शतक शतक नै हो । त्यहाँ (मैदानमा) गएर खेल्नुपर्छ, बल हान्नुपर्छ । जस्तो टिम भएपनि बललाई रनमा परिणत गर्नुपर्ने हुन्छ,’ कप्तान मल्ल भन्छन्न् ‘अझ राम्रो गर्न बाँकी नै छ ।’
९५ रन बनाएको भुटानलाई अझ कम रनमा समेट्न सक्नुपर्ने उनको जोड थियो । ‘फिल्डिङ, बलिङ अझै अपेक्षा अनुसार भएन । अझ सुधार गर्ने ठाउँहरु छन’ उनले भने ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।
source-onlinekhabar