मंसिर १८ बुधबार २०७६
काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बुधबार नेपालले तेक्वान्दोबाट अर्को स्वर्ण भित्र्याएको छ । तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका हुन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ ।
बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् । उनले फाइनल भिडन्तमा पाकिस्तानका वाकार अली साहलाई पराजित गरेका हुन्। उत्कृष्ट प्रदर्शन गरेका उनले २७(९ ले पाकिस्तानी खेलाडीलाई हराए ।