Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०३:२९:४६
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
समाचार
  • Home
  • News
  • थुलुङदुधकोशी ७ आफ्नै भवन निर्माण गरि कार्यालय सन्चालन गर्ने जिल्लाकै चौथो वडा
थुलुङदुधकोशी ७ आफ्नै भवन निर्माण गरि कार्यालय सन्चालन गर्ने जिल्लाकै चौथो वडा
सोलुखुम्बु– थुलुङ दुधकोशी गाउँपालिका –७ देउसा आफ्नै प्रशासनिक भवन निर्माण गरि कार्यालय सन्चालन गर्ने जिल्लामै चौथो वडा बनेको छ । पाँच रोपनी जग्गा व्यवस्थापन गरि सुविधासम्पन्न भवन निर्माण गरि आइतबार देखि कार्यालय सन्चलनमा आएको हो ।
बैशाख २६, २०८० यमुना मगर

सोलुखुम्बु– थुलुङ दुधकोशी गाउँपालिका –७ देउसा आफ्नै प्रशासनिक भवन निर्माण गरि कार्यालय सन्चालन गर्ने जिल्लामै चौथो वडा बनेको छ । पाँच रोपनी जग्गा व्यवस्थापन गरि सुविधासम्पन्न भवन निर्माण गरि आइतबार देखि कार्यालय सन्चलनमा आएको हो ।
यो सङ्गै देउसामा आइतबार एकै पटक तीन योजनाको उद्घाटन गरिएको छ । नवनिर्मित वडा कार्यालय भवन, सामुदायिक स्वास्थ्य इकाई भवन र ढाका बुनाई तालिमको एकै पटक उद्घाटन गरिएको हो ।
तीन वटै योजनाको गाउँपालिका अध्यक्ष असिम राई, उपाध्यक्ष सबिता राई र प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले उद्घाटन गरेका हुन । वडा कार्यालय भवन जिल्ला समन्वय समितीको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत गरि करिब ९३ लाखको लागतमा निर्माण गरिएको हो । भने सामुदायिक स्वास्थ्य इकाई देउसामा पालिकाले करिब ३२ लाखको लागतमा निर्माण सम्पन्न गरेको हो ।
यस्तै मेडपा र गाउँपालिकाको १० संयुक्त लगानीमा ३ महिने ढाका बुनाई तालिमको पनि उद्घाटन भएको छ । उक्त तालिममा पालिकाभरका ३० जना महिलाहरुको सहभागिता रहेको वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो । ढाका बुनाई तालिमलाई उद्योगकै रुपमा विकास गर्ने भएकाले उत्पादित ढाकाको बजारिकरणको जिम्मा वडा र पालिकाले लिने वहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले हरेक हिसाबले आफ्नो पालिका देशकै नमुना भएको दाबी गर्नुभएको छ् । प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष राईले विकासको दृष्टिले देशकै ठुला मेगा प्रोजेक्टहरु थुलुङ दुधकोशीमा संचालन भएको जिकिर समेत गर्नुभयो ।
विकासमा जनप्रतिनिधिको हुटहुटी र मेहनतले कै कारण आज नागरिकको सबै भन्दा नजिकको सरकारको रुपमा पालिकालाई आभास दिलाउन सफल भएको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष सविता राईले थुलुङ दुधकोशीको विकासलाई अन्य पालिकाले पनि अनुसरण गर्न थालेको दाबी गर्नुभयो । स्थानीय सरकारको लक्ष्य र उदेश्यलाई पूरा गराउन नागरिकको पनि सहयोग उत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाइ छ।
यस्तै प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले वडाको विकासले नागरिकलाई परिवर्तनको आभास दिलाउने बताएका छन् । नागरिकको सबै भन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले देउसाको विकासले नागरिक साच्चै खुसी भएको प्रजिअ भट्टराईले बताउनुभयो ।
वडाध्यक्ष भोजराज कार्कीले भौतिक हिसाबले अब्बल भएसगै अब गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुने बताउनुभएको छ । नागरिकको सहजताका लागि आफुहरु रातदिन नभनी काम गरिरहेको भन्दै विकासमा नमुना वडा साबित गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा वडा कार्यालय भवनका लागि ५ रोपनी जग्गा दान गर्ने स्थानीयवासी नरभक्त राई, सोलाहाङ राई र ऐश्वर्य राई तथा स्वास्थ्य इकाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने भक्त कुमार राईलाई समेत सम्मान गरिएको छ । यस्तै वडाका निवर्तमान वडा अध्यक्ष राम संघर्ष किराँतीको निर्वाचित समूह सहित
गाउँपालिका अध्यक्ष असिम राई र उपाध्यक्ष सविता राईलाई पनि वडाको बिकासमा खेलेको भुमिकाको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो ।

मगलवार, बैशाख २६, २०८०, ०५:०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
समाचार
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
64x64
जेठ ७, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
समाचार
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा सोलुदुधकुण्ड नगरपालिका ६ खोरियास्थित चकमके डाँडामा निर्माण गरिएको फोरजी सेवा सञ्चालनमा आएको छ
64x64
जेठ ५, २०८० यमुना मगर
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 15
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS