कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई ओखलढुंगामा कालो झन्डा
कालो झण्डा संगै कार्की सवार सवारी अवरोध गर्दै तोडफोडको प्रयास समेत गरेका छन ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ओखलढुंगामा कालो झन्डा देखाएका छन । ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जानेक्रममा गोरुमारे भञ्ज्याङमा मुख्यमन्त्री कार्कीलाई ,ओखलढुंगाका किरात राई यायोक्खाका आन्दोलनकारीले कालो झण्डा देखाएका हुन । कालो झण्डा संगै कार्की सवार सवारी अवरोध गर्दै तोडफोडको प्रयास समेत गरेका छन । पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदेशभर आन्दोलन भइरहेका बेला ओखलढुंगा आउनुभएका मुख्यमन्त्रीलाई पहिचान बादी देखाउनका लागि विरोध स्वरुप कालोझण्डा देखाइएको र बिरोध गर्न बाध्य भएको किरात राई यायोक्खाका अध्यक्ष थगेन्द्रराज राईले सोलु एफ एम लाई बताउनुभयो । अध्यक्ष राईले बिभिन्न ठाँउहरुमा आन्दोलन भैरहेकाले मुख्यमन्त्री हिक्मतकुमार कार्की बिबिध कार्यक्रमको बाहानामा भागेर ओखलढुंगा आएको आरोप समेत लगाउनुभयो । मुख्यमन्त्री कार्की शनिवार बेलुका देखि ओखलढुंगामा रहनुभएको थियो । अध्यक्ष राईले भने किरात एउटा जाति नभई सभ्यता भएकाले कोशी नामलाई सच्याएर किरात प्रदेश नामाकरण गर्नुपर्ने दाबी गर्दैआउनुभएको छ।किरातलाई जाति भन्ने नबुझ्न राईले सबैलाई आग्रह समेत गर्नुभएको छ। साथै यदि कोशी नाम सच्चिएन भने आन्दोलनले अर्को रुप लिने वहाँको भनाई छ।
यता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने रुम्जाटारमा आयोजित कार्यक्रममा कोशी प्रदेशको नाम संशोधन नहुने र संशोधन गर्नुपर्ने भए अर्को चुनावमा बहुमत ल्याएर अर्को नाम राख्न चुनौती दिनुभएको छ।