जनता समाजबादी पार्टीका नेपालको राजनीतिक समिती सदस्य तथा संगठन बिभागका सचिब सांगठनिक सचिब लाक्पा शेर्पाले प्रदेश नम्बर १ को नामकरण सच्याउनुपर्ने बताउनुभएको छ ।
आदिबासी जनजाति तथा अन्यको मानब ईतिहास तथा सभ्यतालाई ओझेलमा पारेर १ नम्बरको नाम कोशी प्रदेश राखेको प्रति आपत्ती जनाउदै शेर्पाले प्रदेशको नामाकरण सच्याउन प्रदेश सरकारसंग माग गर्नुभएको छ ।
प्रदेश नामाकरण खारेजीको माग गर्दै हिजो जनता समाजबादी पार्टीले सल्लेरी सदरमुकाममा राँके जुलुस समेत प्रदर्शन गरेको थियो । मानब भुगोलको आधारमा तथा ऐतिहासिक सभ्यताको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने कुरालाई जोड दिदै सचिब शेर्पाले नाम नसच्याए थप बिरोधमा उत्रने चेतावनी समेत दिनुभयो ।