खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले भ्रामक समाचारको पछि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ । पालिकाले इनधनमा गरेको खर्चविवरण बारे तथा अन्यकुराहरुमा आएका तथ्यहिन समाचारको पछि नलाग्न सबैलाई आग्रह गर्नुभएको हो । सञ्चारमाध्यमले सत्यतथ्य समाचार र सुचना सम्प्रेसण गर्नुपर्ने पनि शेर्पाले बताउनुभएको छ । कुनै ब्यक्तिगत हिसाबले एक जनाको हितहुने गरी सम्प्रेसण नगर्न,सञ्चारकर्मीहरुलाई अनुरोध समेत गर्नुभएको छ । हिजो चुनाबमा एक पाटीबाट चुनाब लडेपनि निर्बार्चित जनप्रतिनिधी भएपछि खुम्बु क्षेत्रको बिकास र समृद्धिको लागि पार्टीबाट बाहिरै रहेर सबैको साझा बनेको अध्यक्ष शेर्पाको भनाई थियो ।
अध्यक्ष शेर्पाले,आगामी दिनमा बजेट बाँडफाँड गर्दा पनि सरकारले जनसंख्याको आधारमा नभई महत्वपुर्ण कुन छ भन्ने हिसाबले बाँडफाड गर्न सके खुम्बु क्षेत्रलाई बिकासको गतिमा लैजान सहयोग पुग्ने बताउनुभयो । ८० हजार लगभग बर्षेनी पर्यटक भित्रिने खुम्बुपासाङल्हमु गाँउपालिका भौगोलिक हिसाबले पनि बिकासमा निकै चुनौति देखिने गरेको वहाँले उल्ल्ेख गर्नुभयो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले अबको एक वर्षभित्रमा गाउँपालिका केन्द्रमा सडक सञ्जाल पुर्याउने गरी कार्य गरिरहेको छ । सर्वोच्च शिखर सगरमाथा अवस्थित गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले आज सोलु एफ.एम.सँग कुराकानी गर्नुहुँदै खुम्बुमा सडक जोड्न चुनौतिहरु भए पनि आगामी बर्ष सवारी साधन मार्फत् नै गाउँपालिकाको केन्द्र पुग्न सक्ने गरी काम अघि बढाइएको बताउनुभएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिकालाई समृद्ध बनाउन योजनाबद्ध रुपमा काम भई रहेको अध्यक्ष शेर्पाको भनाई छ ।