सोलुखुम्बुको ४ हजार ७ सय २७ हेक्टर जमिन बाँझो रहेको पाइएको छ । ४५ हजार ३ सय ५८ हेक्टर क्षेत्रफल खेती योग्य भएपनि ४ हजार ७ सय २७ हेक्टर जमिन बाँझो रहेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुको तथ्याङ्कमा उल्लेख छ ।
खेती योग्य जमिन भएपनि सिंचाईको अभाब देखिएको छ । कतिपय ठाउँमा युवापुस्ता शहर केन्द्रित हुँदा तथा बिदेशिँदा पनि जमिन बाँझो रहेको हुन सक्ने जिल्ला कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाको भनाई छ ।
सोलुखुम्बुमा सिञ्चित र असिञ्चत गरी ४० हजार ६ सय ३१ हेक्टर क्षेत्रफलमा खेती भैरहेको देखिन्छ । जसमा बर्षैभरी खेती गरिने जमिन ५ हजार ७१ हेक्टर रहेको छ भने मौसमी सिञ्चित जमिन ३५ हजार ५ सय ६० हेक्टर रहेको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार जिल्लामा, २ हजार ७ सय ५४ हेक्टर खेत तथा ३७ हजार ८ सय ७७ हेक्टर पाखो जमिन रहेको छ ।