सोलुखुम्बुको सोताङ गाउँपालिकामा सुत्केरीको ज्यान गएको छ । अत्यधिक रक्तश्रावका कारण सोताङ गाउँपालिका–५ की ३० वर्षीया गंगा बस्नेतको ज्यान जिल्ला अस्पताल फाप्लुका डाक्टर अजय चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहिबार दिउँसो सोताङ प्राथामिक अस्पतालमा अप्रेशन मार्फत छोरालाई जन्म दिनुभएकी बस्नेतको रक्तश्राव नरोकिएपछि जिल्ला अस्पताल फाप्लु ल्याउदै गर्दा बाटोमा नै मुत्यु भएको हो ।
अप्रेशन पछि तत्काल नै रगत चाहिएको भएपनि रगत अभाव पश्चात सोताङ प्राथामिक अस्पतालले जिल्ला अस्पताल फाप्लु रेफर गरेको थियो। जिल्लाको कुनै पनि अस्पतालमा ब्लड बैंक नभएका कारण सुत्केरीलाई तत्काल रगत चाहिएमा उपलब्ध गराउन नसकिने डाक्टर चौधरीले बताउँनुभयो । गएराति १० बजे सुत्केरीलाई जिल्ला अस्पतालमा ल्याइएको भएपनि उहाँको मुत्यु भइसकेको अस्पतालले जनाएको छ । शिशुको अवस्था सामान्य छ ।
source solufm