सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बिकासमा राजनीति प्रतिसोध नभएको बताउनुभएको छ। नगरपालिकाको वडा नम्बर ६ को नवनिर्मित प्रसाशनिक भवको उद्ध्घाट्न गर्दै मेयर शेर्पाले यस्तो बताउनुभएको हो । बिकासका हरेक क्षेत्रमा राजनिति प्रतिसोध आफुमा कहिल्यै रहेको स्पष्ट पार्नुभयो । बिकास निर्माणका कुरामा बहस हुने बताउदै कतिपयले त्यही बहसलाई बिवाद बुझ्ने गरेको बताउनुभयो ।उहाँले कुनै पनि कुरामा सहमति हुन बहस आबश्यक रहेको बताउनुभयो । पुर्बाधार संरचना मात्रै भएर बिकास नहुने भन्दै मेयर शेर्पाले जनतालाई खुसी पार्ने खालका बिकास हुन आबश्यक हरेको बताउनुभयो ।जनताको जीवन उकास्नका लागि कृर्षिमा धेरै लागानी गर्न र त्यसको पहिचान गर्न आबश्यक रहेको पनि बताउनुभयो । साथै नगरपालिकाले कृर्षिको क्षेत्रमा करोडौ लागनी गरेको भन्दै आगामी दिनमा पनि कृषकहरुलाई आत्मनिर्भर बनाउने गरि करोडौ बजेट आउने जानकारी समेत दिनुभएको छ।