सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ को प्रशासनिक भवनको भोलि उद्धघाटन गरिने भएको छ । भोली बुधबार एक औपचारीक कार्यक्रमकाबीच प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौला र सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा द्धारा संयुक्त रुपमा उुद्घघाटन हुने वडा सदस्य सुजाता तामाङले जानकारी दिनुभयो । वडा कार्यालयको नयाँ ६ कोठे भवन निर्माणको लागि जिल्ला समन्वय समितिको ६० प्रतिशत तथा नगरपालिकाको ४० प्रतिशत गरि कुल ५८ लाख ९१ हजार रुपैयामा खुम्बिला कन्स्ट्रक्सन प्रा. लि ले ठेक्का लिई निर्माण सम्पन्न गरेको हो ।
नगरपालिका भित्र प्रशासनिक भवन निर्माण गर्ने वडा नम्वर ६ पहिलो वडा बनेको वडा कार्यालयले जनाएको छ ।
भोलि उद्धघाटन पश्चात वडा कार्यालयको सम्पूर्ण सेवाहरु नवनिर्मित भवनबाट सञ्चालन गरिने भएको छ । यसभन्दा अगाडि दोर्पु स्थित भवनबाट वडाले सेवाहरु प्रदान गर्दै आएको थियो ।