माप्यदुधकोशी गाँउपालिका १ को बतासे डाँडामा टेलिकमको टावर निर्माण गरिने भएको छ । मोबाइल नेटवर्कको समस्या भोगिरहेका माप्यदुधकोशी गाँउपालिका वडा नम्बर १ र २ का स्थानीयको समस्यालाई लक्षित गरी टावर निर्माणको कार्य अगाडी बढाएको हो ।
टावर निर्माणका लागि सर्भेको काम समेत सम्पन्न भइसकेको टेलिकम सोलुखुम्बुका प्रमुख मोहमद अकर अलीले जानकारी दिनुभयो ।
टावर निर्माणका लागि पुर्ब संघीय सांसद हेमकुमार राई सहित आफुहरुले पटक पटक पहल गरेको र यसपटक भने आफुहरु सफल बनेको गाँउपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो ।
हाल माप्यदुधकोशी गााउपालिका वडा नम्वर १ र २ का करिब २ हजार ५ सय नागरिकहरु गुणस्तरीय मोबाइल सेवावाट बञ्चित छन् । मोबाइल नेटवर्क खोज्दै डाँडा तर्फ दौडनु पर्ने समस्या अब छिटै समाधान हुने तर्फ आफूहरु आशाबादी रहेको स्थानिय कुबिर राईले बताउनुभयो ।