सोलुखुम्ुबुमा पछिल्लो समय खच्चड ब्याबसाय मर्कामा पर्न थालेको छ । सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बु लगाएत यातायातको सुबिधा नपुगेका ठाँउहरुमा खाधान्न तथा अन्य सामाग्री बोकेर पुग्ने खच्चड अहिले भनेजस्तो काम नपाउने खच्चड ब्याबसायीको गुनासो छ ।
डेढ दशक अघिसम्म देशका धेरै ठाउँमा ढुवानी र आवतजावतका लागि खच्चड प्रयोग गर्दै आएकाले यो व्यवसाय पनि आयआर्जनको महत्वपूर्ण विकल्प बनेको थियो ।
पछिल्ला समय विस्तार हुँदै गएको मोटरबाटोले अधिकांश स्थानमा यो व्यवसाय हटिसकेको ब्याबसायीहरु बताउछ सोलुखुम्बुमा भएका केहि खच्चड पेशा पनि बिस्तारै विस्थापिन हुँदै गएको लामो समय खच्चड ब्याबसाय गर्नुभएको भिम बहादुर मगर बताउनुहुन्छ । उहाँका अनुसार पहिले आफ्नो ३ ग्रप खच्चड लाई सोलुखुम्बुको बिभिन्न ठाँउमा खामान ढुवानी गर्न भ्याईनभ्याई हुन्थे अहिले काम पाउन छाडेपछि खच्चर बेच्नुपर्ने बाध्यता छ । अहिले सोलुखुम्बुको अधिकाँस ठाँउमा सडक सञ्जाल जोडिएको छ भने खुम्बु क्षेत्रमा पहिले सल्लेरी देखिनै खाधान्न तथा अन्य सामान खच्चडलेनै बोकेर पुराउने गरेको भएपनि अहिले थामडाँडा बाट मात्रै खच्चडले सामान बोक्नु पर्छ । समय परिवर्तण संगै सडक सञ्जाल जोडिनु राम्रो भएपनि आफुहरुको गरिखाने बाटो नै खच्चड ब्याबसाय भएकाले यसरी बिस्थापित हुनुपर्ने अबस्था आउदा खच्चड ब्याबसायी तदिराम राईको चिन्ता छ ।