मंसिर ११ सोलुखुम्बु / माप्यदुधकोशी गाँउपालिका वडा नम्बर २ ठूलोढुंगामा दिप प्रज्वलन गरेको छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा सदस्यमा सोलुखुम्बुबाट निर्वाचित मानवीर राई बिजयी भएपछि राईको जन्मथलो रहेको माप्यदुधकोशी गाँउपालिका वडा नम्बर २ ठूलोढुंगा स्थित राईले अध्ययन गर्नुभएको चन्द्रद्धोय आधारभुत बिधालयको प्राङगनमा स्थानियहरुले दिप प्रज्वलन गरेर खुसि ब्यक्त गरेका हुन ।
विकट ठाँउमा जन्मेर बिगत लामो समयदेखि नै राजनितीमा सक्रिय रहनुभएका राईले यसपटक चुनाब जित्दा माप्यदुधकोशी गाँउपालिका २ का ५५ बर्षिय मनिमाँयाले राईले खुसि ब्यक्त गर्नुभएको छ । त्यस्तै २०४८ सालदेखि सोलुखुम्बुमा नेकपा एमालेले जित हासिल गर्न नसकेको स्मरण गर्दै यसपटक जनताले बिस्वासका साथ मत दिएर एउटा ईतिहास रचेको भन्दै जनताको चाहाना अनुसारकै काम गर्ने जिम्मेवारी राईको काँधमा आएको ,वडा नम्बर २ का पुर्ब वडा अध्यक्ष तेजबहादुर थापा मगरले बताउनुभयो ।
४९ बर्षिय नवनिर्बाचित राईले पनि आफुलाई बिस्वास गरि मतदान गरेर बिजयी गराएकोमा सोलुखुम्बु बासी सबैलाई धन्यबाद प्रकट गर्दै आगामी दिनमा सोलुखुम्बु जिल्लाको बिकासको निम्ति आफु सदैब लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
