मंसिर ११ सोलुखुम्बु / नव निर्बाचित प्रतिनिधिसभा सदस्य मानबीर राईले इमान्दार भएर नागरिकको सेवामा लाग्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्बाचनबाट निर्बाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई नेपाल निजामति कर्मचारी संगठन सोलुखुम्बुद्वारा शनिबार सदरमुकाम सल्लेरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका राईले सो आग्रह गर्नुभएको हो। आफु संधै कर्मचारीको हकहितको पक्षमा रहेको बताउंदै वहाँले कर्मचारीले पनि आफ्नो दायित्व भुल्न नहुने बताउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य सोनामग्याल्जेन शेर्पाले सरकारी कार्यालयले आफ्नो कार्यशैली परिवर्तन गर्दै सेवाग्राहीलाई छिटो छरितो र सरल तरिकाले सेवा प्रदान गर्न आग्रह गर्नुभयो।नयाँ प्रतिनिधि निर्वाचित भएकोले सेवामा पनि नयाँपन ल्याउन प्रयास गर्नु पर्नेमा जोड दिंदै वहाँले अनि मात्र नागरिकले अपनत्व ग्रहण गर्ने बताउनुभयो ।

जिल्लाको प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट प्रदेश एक सभा सदस्यमा निर्बाचित अर्का नेता बुद्धिकुमार राजभण्डारीले कर्मचारीसँग सम्बन्धित ऐनहरु अघिल्लो पटकबाट नै बन्न सुरु भएकोले यस पटक यसलाई चाडैं पूरा गरि लागू गरिने जानकारी दिनुभयो। कर्मचारीहरुलाई कानुन, ऐन र नियमको परिधिभित्र रहेर काम गर्न पनि आग्रह गर्नुभएको थियो ।
source solufm