३ पटक मन्त्री बनिसकेका वाम लोकतान्त्रिक गठबन्धनतर्फ नेपालि कांग्रेसका बल बहादुर केसी र नेकपा एमालेका उमेद्धार मानवीर राईको मत परिणामको विषयलाई निकै चासोको साथ हेरिएको छ ।
सोलुखुम्बुको प्रतिनिधी सभा सदस्य तर्फको जारी मत गणनामा हालको मतपरिणाम बाट सोलुखुम्बुमा एउटा नयाँ ईतिहास रच्ने दाउमा रहेका छन एमाले सोलुखुम्बु , मंसिर ४ पछि कसको सरकार ?
चासो, खुल्दुलि, कौतुहलता अनि जिज्ञासाको विषय हो ।
नेपालि कांग्रेस र नेकपा माओवादि केन्द्रको वाम गठबन्धन भएको जिल्लामा नेकपा एमाले एक्लै निर्वाचन लडेको छ ।
वाम लोकतान्त्रिक गठबन्धनले आफनो पोल्टामा मत परिणाम सुरक्षीत गर्न चाहेको छ भने नेकपा एमाले पनि आफनो पोल्टामा मतपरिणाम आउँछ भन्ने आशावादिमा छ ।
जातिय र इमान्दारीताको आधारमा नेकपा एमालेका उमेद्धार राई जित्ने आँकलन गरिरहेका छन भने कतिले सोलुखुम्बु जिल्लामा ०७४ सालको निर्वाचनमा वाम एकता हुँदा समेत करिव २५०० मतले मात्र पराजित भएका केसी जित्ने आँकलन गरिरहेका छन ।
हालको नतिजालाई हेर्दा केसि भन्दा राई १२९१ मतले अगाडी रहेको छ ।