Navigation
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
जेठ २४, २०८० ०२:३५:०५
  • हाम्रो टीम
  • सुचना बिभाग दर्ता न. : 1219/075/76
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
    • शिक्षा/स्वास्थ्य
    • पर्यटन
    • विचार/साहित्य
    • प्रतिभा
    • कुराकानी
    • अनौठो कुरा
    • राशिफल
    • राजनिति
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
समाचार
  • Home
  • News
  • सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैनन आशलाग्दा उमेद्धार
सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैनन आशलाग्दा उमेद्धार
के खोज्छस कानो आँखो भनेझै, उमेद्धारलाई पनि आमसभा, चुनावि भेलाको आयोजना गर्न बाटो खुलेको छ ।
कार्तिक २३, २०७९ गार्डेन राई

सोलुखुम्बु । सोलुखुम्बुमा चुनावि सरगर्मी ह्वात्तै बढेको छ । दिनानुदिन चिसो बढ्दै गइरहेको सोलुखुम्बु जिल्लामा निर्वाचनको माहोलले गर्माएको छ ।
निर्वाचन आयोगले तयार पारेको आचारसंहिता अनुसार कार्तिक १७ गतेदेखि चुनावि भेला गर्न साथै आमसभा गर्न पाउने भनि उल्लेख छ । के खोज्छस कानो आँखो भनेझै, उमेद्धारलाई पनि आमसभा, चुनावि भेलाको आयोजना गर्न बाटो खुलेको छ ।

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि सोलुखुम्बु जिल्लाका प्रतिस्पर्धि उमेद्धारहरु चुनावि अभियान लिएर भोट माग्न गाउँ गाउँमा दौडधूप गरिरहेका छन । कार्तिक १७ गतेदेखि उमेद्धारहरु मतदाताहरुलाई रिजाउनका लागि आमसभा र चुनावि भेलाको आयोजना गरी ठूला अनि मिठा कुरा गर्नमा व्यस्त देखिन्छन । निद्रा, भोक अनि प्यासलाई समेत बिर्सेका छन ।

हरेक ५ वर्षपछि आउने निर्वाचन राजनितिक दलहरुले उत्सवको रुपमा मनाएको जस्तो भान हुन्छ । कहिल्यै गाउँ नफर्कीनेहरु गाउँ फर्केका छन । मानाँै अहिले नेपालिहरुको महान पर्व दशैँ गाउँघरमा आइपुगेको छ । दशैँमा टीका लगाएर ढोकभेट भएजस्तै उमेद्धारहरु चुनावि ढोकभेटमा व्यस्त देखिन्छन ।
कहिल्यै नभेटेकाहरुसँग आफनै सम्झेर मिठा बात गरिरहेका छन । अनि स्वागत गरिरहेका छन त्यही झुटा सपना देखाउनेहरुको एउटा जमातले ।
खादा, माला अनि मिठा–मिठा परिकारको साथमा कुराहरु पनि मिठै ।

लाग्छ त्यहाँ विवाह भोजको समारोह छ । कहिल्यै गाउँ फर्केर कच्ची बाटोमा पाइला नराखेकाहरु पनि चुनाव जित्ने ठूलो सपना बोकेर अनि सोझा नागरिकलाई अधूरा अनि झुटा सपनाहरु देखाउदै आइपुगेका छन ।
यतापटि उमेद्धारहरु जोस, जाँगर र हौसलाको साथ गाउँ गाउँमा पुगिरहँदा मतदाताहरुले भने निराश मुद्रामा जबरजस्ती हुन्छ भन्न बाध्य देखिन्छन ।
भोट मलाई दिनुस । हाम्रो पाटिको चुनाव चिन्हमा मतदान गर्नुस भनेर भनिरहँदा जनताले जबरजस्ती सुन्न बाध्य छन ।
विना घोषणापत्र, एजेण्डा विनाको शून्य भिजन लिएर मत माग्न आएको भन्ने जनतालाई प्रष्ट थाहा छ । एजेण्डा के के छन भनेर सोध्न नपाउँदै झुटा आश्वासन दिन हतार देखिन्छन उमेद्धारहरु ।

यस पटक, यो पाटिको उमेद्धारलाई मन खोलेर भोट दिनुपर्छ भन्ने जनतामा उत्साह पटक्कै छैन । जुन जोगि आएपनि कानै चिरेको । यो उत्ति मतदाताहरुले बोलिपिच्चे दोहोर्याएको सुनिन्छ । सोलुखुम्बु जिल्लाको मुख्य समस्या पत्ता लगाएर समाधान गर्ने किसीमको उमेद्धार नै छैनन भनेर मतदाता निराश छन ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरी स्थित नयाँबजारमा फलफूल बेच्दै गरेका उमेरले ४० वर्ष काटेका एक व्यापारी भन्छन, ‘खै त प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारीता रु हामी किसान सधै मर्कामा छौँ । हामीले लगाएका कृषि उपज सामाग्रीको बजार खै रु त्यही सामाग्री बेच्न जाँदा राम्रो बाटो खै रु कच्ची सडकमा हजार पटक बजारीदै बजार आइपुग्दा हामीले खाजेको बजार भाउ खै त रु ५ वर्षसम्म सांसद भए के काम गरे रु अब किन भोट दिने रु हामी साना किसानको समस्यालाई सम्बोधन खै कसले गर्ने रु जसले जिते पनि हाम्रो मागलाई सुनवाई कसैले गरेनन । मेरो त नो भोट हो यो’पालि ।’

यस्तै सोलुदुधकुण्ड नगरपालिका ६ जेरो पोइन्टमा आफना घर जानलाई सुमो कुरीरहेका नेचासल्यान गाउँपालिका घर बताउने एक व्यत्ति निराश हुदै भन्छन, यो पटकका उमेद्धारहरु पनि जिल्लाको लागि खासै केही गर्ने खालका देखिदैनन । भोट माग्न त आउँछन । तर हुन्छ मात्र भन्ने हो । कति पटक दिने यिनीहरुलाई भोट । उनीहरुले झुक्याउन हुने हामीले चाँहि नहुने भन्ने के छ ?

यस्तै सल्लेरीको राष्ट्रिय वाणिज्य बैँक अगाडि भेटिनुभएकी उमेरले ७० वर्ष पुग्नुभएकी आमा मायालु भावमा भन्छीन्, ‘खै नानि, मेरो त भोट छोरानातिले नै लगाइदिन्छन । कसलाई दिन्छन । मलाई के थाहा । जसले जितेपनि हामी उमेरले पाका भा’कालाई राम्रो सुविधा ल्याउन । के भन्नु र ? हा..... हा.....
यसैगरि, शनिबारको दिन सल्लेरीको नयाँबजारमा सामान किनमेल गर्दै गर्नुभएका सोलुदुधकुण्ड नगरपालिका  ७ गार्माका एक मतदाता ‘बामगठबन्धन र नेकपा एमालेका उमेद्धारलाई इंकित गर्दै भन्छन्, ‘दुवै पार्टिका उमेद्धार गफाडि छन । यो पटक जसले जिते पनि हामी जनता कुवाको भ्यागुता कुवामै । अरु पार्टिका नेता उमेद्धारहरुलाई भोट दिम....जित्ने सम्भावना शून्य छ । अलिकति जित्ने सम्भावना भएको पाटिको उमेद्धार आशलाग्दा छैनन ।’

यसरी सोलुखुम्बुका मतदाताहरु निराशाजनक मुद्रामा उमेद्धारहरुलाई जिल्लाको चौतर्फि विकासमा लागि पर्न नसकेको प्रतिक्रिया दिन्छन । उमेद्धारहरुलाई सिधा भन्न सक्ने र सिधा प्रश्न गर्न सक्ने आँट कमैमा देखिन्छ । एता उमेद्धारहरु ठूला ठूला योजना सुनाएर मतदातालाई मख्ख पार्नमा माहिर छन ।
एजेण्डा नभएका दल अनि उमेद्धारलाई जिताउँदा समग्र जिल्लाको विकास संकटमा परेको हो कि भनेर मतदाताले अड्कल पनि गरिरहेको पाइन्छ । त्यसो त नेता, दल, अहिलेका उमेद्धारले जनताको माग र मुद्धालाई लिएर सुनुवाइ गर्न सक्ने किसीमको बलियो एजेण्डा लिएर नहिँडेसम्म जनता हरेक वर्ष निराशामै बस्नुपर्ने बाध्यता आउनेछ । हरेक साल पश्चातापले पुर्पुरोमा हात राखेर बस्न बाध्य हुनुपर्नेछ । त्यस कारण मतदाता अनि उमेद्धारहरु समयमै सचेत हुन आवश्यक छ । हरेक साल मतदाताको अनुहारमा निराशा पलाउँदा के उमेद्धारको अनुहारमा खुशी हुनुपर्ने हो र रु जनता र नेता सिक्काको दुई पाटा भएर एकअर्काको परिपूरक अवश्य हुनुपर्ने हो । तर खै त हजूर.....

के यसरी समृद्ध सोलुखुम्बु अनि सुखि सोलुखुम्बुबासीको परिकल्पना सम्भव छ र ?

बुधवार, कार्तिक २३, २०७९, ११:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
समाचार
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
64x64
जेठ ७, २०८० गार्डेन राई
पुरा पढ्नुहोस्
समाचार
खोरियाको चकमके डाँडा बाट फोरजी सेवा सोलुदुधकुण्ड नगरपालिका ६ खोरियास्थित चकमके डाँडामा निर्माण गरिएको फोरजी सेवा सञ्चालनमा आएको छ
64x64
जेठ ५, २०८० गार्डेन राई
पुरा पढ्नुहोस्
ताजा समाचार
थुलुङ दुधकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने जेठ २३, २०८० 14
सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्दै
थातिङमा बालबालिका संरक्षण केन्द्र निर्माण हुदै
सोलुखुम्बुलाई संघीय सरकारबाट २ अर्ब बढि बजेट प्राप्त
ओखलढुंगालाई दुई अर्ब ७६ करोड ६२ लाख बजेट,कुन स्थानीय तहमा कति ?
सोलुखुम्बुमा एक महिलाको हत्या
जिल्ला अस्पताल फाप्लुको कर्मचारी आवास भवन प्रयोगमा आएन
सगरमाथाको क्याम्प २ मा राखेकै ठाँउबाट सामान हरायो
मेयर शेर्पाको बाल्यकाल,संघर्ष र सफलता
विचार
बाझो बारी फुटाउने शक्ति बन्दै कोरोना यमुना मगर
मेरो 'झोलामा' जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती गार्डेन राई
कतै दाग, लागेछ कि, पछ्यौरीमा तिम्रो –जेपि फुयाँल गुड मर्निङ मिडिया
अनौठो कुरा
सरकारी जागिरे सुब्बाको बुवालाई खुलापत्र श्रावण १८, २०७६
म कसैको प्रेमिका जस्तै देखिएछु बैशाख २७, २०७६
सम्पर्क ठेगाना

Good Morning Media & Production Pvt. Ltd

Budhanilkantha-12, Kapan, Kathmandu
Email: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
URL: www.goodmorningtimes.com/

टेलिफोन

Marketing: 98432991395
Advertisement: 9841199201

ईमेल ठेगाना

Regular: goodmorningmedia3@gmail.com, info@goodmorningmedia.com
Marketing / Advertisement: marketing.goodmorningmedia@gmail.com
Article: article.goodmorningmedia@gmail.com

हाम्रो टीम

Founder: Suraj Thapa Magar
Co-Founder/MD: Yamuna Magar
Editor: Garden Rai
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • व्यापार/व्यवसाय
  • मनोरञ्जन
  • समाज
  • विश्व
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #good morning media
  • #goodmorningtimes.com
  • #समाचार
  • #solukhumbu
  • #राशिफल
फेसबुक पेज
Good Morning Media & Production Pvt. Ltd.
© Good Morning Media & Production Pvt. Ltd. - 2023 All rights reserved.
Powered by: RaraCMS