सोलुखुम्बु । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट खटिने कर्मचारीको नामावलि प्रकाशन गरिएको छ । मूख्य निर्वाचन अधिकृत कार्यालय सोलुखुम्बुले आज एक सूचना जारी गर्दै विभिन्न स्थानिय तहमा खटिने कर्मचारीको नामावलि प्रकाशन गरेको हो ।
सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतिका अनुसार जिल्लाको केन्द्रहरुमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगि कर्मचारीहरुको विवरण तयार गरि एक हजार ७७ जनाको नामावलि प्रकाशन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका अनुसार कार्तिक २१ र २२ गते मतदान अधिकृत र सहायक अधिकृतले नियुत्ती पत्र लिइसक्नुपर्ने साथै कार्तिक २२ र २३ गतेभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक कर्मचारीहरुले नियुक्ति लिइसक्नुपर्ने जनाइएको छ ।
source solu fm