सोलुखुम्बु जिल्लामा दुई आर्थिक वर्षमा ६० वटा घरेलु हिंसा विरुद्धको उजूरी परेका छन । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा र २०७८÷०७९ मा गरि जम्मा ६० वटा उजूरी परेको हो ।
२ आर्थिक वर्षमा नै ३०÷३० वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक रहेको छ । जिल्लामा घरेलु हिंसा अन्तर्गत आर्थिक, मानसिक, यौनजन्य कारण र सामाजिक कारण गरि चार प्रकृतिको उजूरी दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सुनिल जंग शाहले बताउनुभयो । प्रनाउ शाहले सोलुखुम्बु जिल्लाको हकमा घरेलु हिंसाको मूख्य कारण मदिरा सेवन भएको बताउनुभएको छ । घरेलु हिंसा विरुद्ध उजुरीको दर्ता भएको संख्यालाई बढेको मान्नु भन्दा पनि सचेतना, जागरणका कारण उजुरी गर्नेको संख्या बढेको बताउनुभयो । उहाँले हिंसा तथा दुर्घटना शून्यमा पुर्याउन नसकिने भन्दै न्यूनिकरणका लागि भने व्यक्ति, समाज साथै सञ्चार माध्यमहरुले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभएको छ ।