सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ स्थित नयाँबजार छेउ देखि वडा कार्यालयसम्मको सडकको सर्वे गरिएको छ । आज मंगलबार वडा कार्यालयसम्मको सडकको सर्वे गरिएको हो । सर्वे गरिएको सडकको भदौको पहिलो हप्ता बोलपत्र आह्वान गरिने वडा नम्बर ६ का वडाअध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
सडक निर्माणको लागि एक करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।