सोलुखुम्बु ः सोलुदुधकुण्ड नगरपालिकाले विद्युतको समस्या समाधानको विषयमा नेपाल विधुत प्राविधिकरण र सल्लेरी च्याल्सा विधुत कम्पनीसँग छलफल गरेको छ । केही दिन यता नगरपालिका क्षेत्रमा विद्युत प्रवाहमा समस्या देखिएको कारण समाधानका लागि छलफल गरिएको हो । नगरवासिले भोगिरहेको विद्युतको समस्याबारे सोलुदुधकुण्ड नगरपालिकाले सल्लेरी च्याल्सा विद्युत कम्पनि र राष्ट्रिय प्रसारण लाईन सोलुखुम्बु वितरण केन्द्र सँग छलफल गरेको हो ।
नागरिकले अघोषित लोडसेडि भनेर आरोप लगाइरहदा मौसम साथै प्राविधिक कारणले लाइनमा समस्या आएको सल्लेरी च्याल्सा विद्युत कम्पनीका महाप्रबन्धक प्रमुख भोजराज तिवारीले बताउनुभयो ।
यता नेपाल विद्युत प्राविधिकरणले पनि समस्या एकै रहेको बताएको छ । सेवाग्राही मर्कामा परेको भन्दै अब चाँडै समस्याको समाधान गर्ने मेयर नाम्गेल जाङ्बु शेर्पाले यो समस्या समाधानका लागि दु्रत गतिमा काम गर्न नेपाल विद्युत प्राधिकरण र सल्लेरी च्याल्सा विद्युत कम्पनिलाई निर्देशन समेत दिनुभएको छ । । यस्तै सेवाग्राहीलाई बिल भुक्तानीका लागि सफटवेयर निर्माण गर्ने निर्णय समेत छलफल भएको छ ।