सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्वर ६ र्को खुम्बुलेमार्ग जेरोपोइन्ट जोडिने सडक स्तरउन्नतीको काम ९९ प्रतिशत सम्पन्न भएको छ । सल्लेरीको मुख्य जेरोपोइन्ट जोड्ने सडकमा अहिले सोलिङ,मेसिनरी वाल र ग्याबिन जालीको कार्य भैरहेको वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
मिटसोलु हाईडोपावरको करिब १० लाखको लगानीमा गत असार २२ गतेबाट उक्त सडकको सोलिङ तथा स्तरउन्नती कार्य थालनी भएको हो । वर्खाको समयमा सडर हिलाम्मे बन्दा सवारी साधन आवतजावतमा समस्या भएपछि वडा अध्यक्ष शेर्पाले हाईडोपावर संग सहकार्य गरि बजेट माग गर्नुभएको थियो । हालसम्म सोलिङ १२० मिटर मेसिनरी वाल ८५ मिटर सम्पन्न भएको छ भने, ग्याबिन तार जाली १० वटा लगाईसकिएको उपभोक्ता समितिीका सचिब दोर्जी शेर्पाले जानकारी दिनुभयो ।


फोटो यमुना मगर