जिल्ला प्रहरी कार्यालय सोलुखुुम्बुले सक्रियता बढाएको छ । अघिल्लो वर्ष १५ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरीले गत आर्थिक वर्ष २०७८÷०७९ मा २१ जना पक्राउ गरेको जनाएको छ । यसरी तथ्याङकलाई हेर्दा सोलुखुम्बु प्रहरीको सक्रियता बढेको छ ।
लामो समयदेखि फरार रहेका प्रतिवादीहरुको खोजी कार्य तथा अनुसन्धानमा प्रहरी सक्रिय रुपमा लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिनुभयो । स्थानीयवासीको समेत सहयोगका कारण प्रहरीले सफलता प्राप्त गरेको उहाँको भनाई छ । विभिन्न मुद्दामा अदालतबाट सजाय निर्धारण भएपछि फरार रहेकाहरुको खोजी कार्यलाई प्रहरीले तिब्रता दिएको शाहको भनाई छ ।
अघिल्लो वर्ष २२८ वटा मुद्धा दर्ता भएको प्रहरी कार्यालय सोलुखुम्बुमा आर्थिक वर्ष २०७८÷०७९ मा १९८ वटा मुद्धा दर्ता भएको छ । अघिल्लो वर्षको तुलनामा प्रहरीमा उजुरी दिनेको संख्यामा भने कमी आएको प्रहरीको तथ्याकमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ३३ वटा जबरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता भएको कार्यालयमा गत आर्थिक वर्षमा २४ वटा मुद्धा दर्ता भएको छ । यस्तै कतव्र्य ज्यान तर्फ ८ वटा, आत्माहत्या ४५ जनाले गरेको प्रहरीले जनाएको छ । यस्तै जवस्जती करणीका ८ वटा, बालयौन दरुपयोग ५ वटा मुद्धा दर्ता भएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो ।
साभार सोलु एफ एम