सोलुखुम्बुमा वैवाहिक करणीको आरोपमा पक्राउ परेका एक पत्रकार अनुज खड्का भनिने बिजयराज छिनाल २८ गते मंगलबार पुर्पक्षका लागि कारागार चलान भएको छ । गोरखा पालुङटार नगरपालिका वडा नम्बर ७ का २६ बर्षीय खड्का भनिने छिनाल कारागार चलान भएको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ ।
पटक पटक श्रीमतीलाई यातना दिएको तथा करणी गरेको आरोप मा छिनाललाई गत असार १२ गते सदरमुकाम सल्लेरीबाट प्रहरीले पक्राउ गरेको थियो ।