समन्वय प्रमुख निरौलाले गरे पदभार ग्रहण
सोलुखुम्बु ः सोलुखुम्बु जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले पदभार ग्रहण गर्नुभएको छ । सोलुखुम्बु जिल्ला अदालतका जिल्ला न्यायाधीश सन्तोष प्रसाद पराजुलीद्धारा पद तथा गोपनियताको शपथ लिनुभएका निरौलाले आज पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै समन्वय प्रमुख निरौलाले जनताको सेवाको लागि विधानमा उल्लेख गरेका कुरालाई अनुशरण गर्दै विधानको परिधिभित्र रहेर काम गर्ने बताउनुभएको छ । उहाँले जिल्ला समन्वय समितिको कार्यसञ्चालन निर्देशिकाले निर्देशन गरेअनुसार काम गर्ने उल्लेख गर्नुभयो । यस्तै स्थानिय तहको विकासका लागि सबै जनप्रतिनिधिसँग समन्वय गरेर अघि बढ्ने बताउदै पूर्व समन्वय प्रमुखले स्थगित गरेका राम्रो कार्यलाई पुनः निरन्तरता दिने बताउनुभएको छ ।
साभार सोलु एफ एम