फाल्गुन ५, आईतबार । काठमाडौँ ।
अष्ट्रेलियाका महामयिम राजदूत पिटर बड सोलुखुम्बु आउनुहुने भएको छ । अष्ट्रेलियन हिमालयन फाउण्डेशन को आर्थिक सहयोग तथा रीड नेपालको प्राविधिक सहयोग एवं समन्वयमा गार्मा माध्यमिक विद्यालय गार्मामा नवनिर्मित कार्यक्रम हलको उद्घाटन गर्नका लागि फागुन ६ गतेका दिन नेपालका लागि अष्ट्रेलियाका महामयिम राजदूत पिटर बड सोलुखुम्बु जिल्ला आउनुहुने भएको हो ।
करिव ८९ लाख लागतमा निर्मित ३ सय जनाको क्षमता रहने कार्यक्रम हलको निर्माण भदौबाट शुरु भएकोे थियो । उक्त हलको उद्घाटन फाल्गुण ७ गते मंगलबारको दिन गरिने भएको हो ।
विद्यालयले आयोजना गर्ने सम्पूर्ण किसीमका कार्यक्रमहरुको लागि सहयोग पुग्ने गार्मा माविका प्रद्यानाध्यापक विनोद सिंह तामाङले बताउनुभयो । उहाँले सो हलको दुरुपयोग हुने किसीमको कुनै पनि कार्य हुन नदिने बताउहुँदै जगेर्नाको लागि आपनो ठूलो जिम्मेवार र दायित्व हुने समेत प्रष्ट पार्नुभयो ।
यस्तै गार्मा माविलाई नमूना विद्यालय बनाउने रीड नेपालको योजना अनुसार विभिन्न कार्यक्रम बनाई लागिपरिरहेको छ । साथै प्रत्येक गाउपालिकामा रहेको एक एक वटा आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाउनका लागि कदम चालेको रीड नेपालका शिक्षा विकास संयोजक केशव गीरीले बताउनुभयो ।
