जेष्ठ २ गते सोमबार २०७९
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको अध्यक्षमा पुन बुद्धि किरण राई दोहोरिनु भएको छ । गठबन्धनका पालिका अध्यक्ष चन्द्र राईलाई ३५८ मतको पराकिलो मतान्तरले पराजित गर्दै, उहाँले ३ हजार ३ सय ४३ मत सहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली काङ्ग्रेसका चन्द्र राइले २ हजार ९ सय ८५ मत प्राप्त गर्नुभएको छ ।उहाँ २०७४ सालमा पनि नेकपा एमाले बाट अध्यक्षमा निर्बाचित हनुभएको थियो
यस्तै उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गौरव राई निर्वाचित हुनुभएको छ । उहाँको ३ हजार ७७ मत रहेको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा एमाले तर्फबाट उपाध्यक्षमा लागि उमेद्धवार जुनिता माया मगरको ३ हजार ४९ मत प्राप्त गरे भने ३८ मतले गौरब बिजयी भएको हो ।