जेष्ठ २ गते सोमबार २०७९
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका सुर्य कुलुङ बिजयी हुनुभएको छ । उहाँले नेकपा माओवादीका सागर किरातीलाई पराजित गर्दे गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उहाँले २ हजार १ सय मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका सागर किरातीले १ हजार ६ सय २६ मत प्राप्त गर्नुभएको हो । उपाध्यक्षमा नेपाली कांग्रेसकी बिपना कुलुङ निर्वाचिन हुनुभएको छ । उहाँले १ हजार ९ सय २९ मत प्राप्त गर्नुभएको छ भने बिपना २०७४ सालमा उपाध्यक्षमै माओबादी बाट उम्मेद्धवार बनेर निर्बाचित बनेकी थिईन । उनको यो दोस्रो कार्यकाल रहनेछ ।