सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ को मत गणना भैरहदा नेपाली काग्रेसबाट मेयरका उम्मेद्धवार नाम्गेल जाङबु शेर्पा, नेकपा एमालेका मेयरका उम्मेद्धवार आङकाजी शेर्पा भन्दा ११० मतले अगाडी रहेको छ । १हजार ७ सय ३२ मत खसेकोमा अहिले सम्म १ हजार २ सय २ मत गणना भएको छ । नेकपा माओबादी बाट मेयरका उम्मेद्धवार ङिमा तेन्डुप शेर्पाले २१४ मत पाएका छन ।
त्यस्तै उपमेयरमा काग्रेसबाट गान्धीमाया तामाङले ९२३ नेकपा एमाले बाट मोहनकुमारी कार्कीले ९३० र माओबादी बाट सारदा माँया तामाङले २३० मत पाएका छन ।