सोलुखुम्बु ः नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै लिखुपिके गाउँपालिका अध्यक्षमा मिना कार्की र उपाध्यक्षमा ङवाङ ल्हाक्पा शेर्पाले जित हात पारेका हुन् । उनीहरुको औपचारिक जित घोषणा हुन बाँकी छ ।
अन्तिम मतपरिणाम घोषणा हुन बाँकी रहेको लिखुपिकेबाट विष्णु खड्काले जानकारी दिनुभएको छ । लिखुपिकेमा २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका थिए ।
यसैबीच, वडा नं ३ मा स्वतन्त्र उम्मेदवार ध्रुब बहादुर बस्नेतले जित हात पारेका छन् । वडा नं १ मा कांग्रेसका मिंङमार ग्याल्जे शेर्पा, वडा नं २ मा कांग्रेसकै मणीराज बस्नेत, वडा नं ४ मा एमालेका हिक्मत बहादुर बस्नेत र वडा नं ५ मा कांग्रेसका ङिमछिरी लामा वडाअध्यक्षमा निर्वाचित बनेका छन् ।