सोलुखुम्बु ः सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका अध्यक्षमा बुद्धिकिरण राईको अग्रता कायमै रहेको छ । यो समाचर तयार पार्दा सम्म १,२, ६ र ७ नम्बर वडा को मत गणना सकिदा,नेकपा एमालेका उम्मेद्धवार राईको १९०८ मत पाउनुभएको छ भने गठबन्धनका उम्मेद्धवार चन्द्र राईले १७०४ मत पाउनुभएको छ । त्यसैगरी एमालेबाट उपाध्यक्षको उम्मेद्धवार बन्नुभएका जुनिता माया मगरले १६२५ मत पाउनुभएको छ भने गठबन्धनबाट गौरब राईले १७७४मत प्राप्त गर्नुभएको छ ।