सोलुखुम्बु बाट यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) मा १७ सय भन्दा बढी विद्यार्थीहरु सहभागी हुने भएका छन् । चैत १७ गतेबाट सुरु हुने एस.ई.ई परीक्षामा नियमित र आंशिकतर्फ गरी जम्मा १ हजार ७ सय ८२ जना विद्यार्थीहरु परीक्षामा सामेल हुने भएका हुन् ।
परीक्षर्थीमा नियमिततर्फ १ हजार ७ सय ७७ जना र आंशिक तर्फ ५ जना विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सोेलुखुम्बुले जनाएको छ ।
एस.इ.ई. परीक्षाको लागि जिल्ला भर १४ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाइका सुचना अधिकारी शिव कुमार राईले जानकारी दिनुभयो ।
राईका अनुसार उत्तर पुस्तिका, प्रवेश पत्र लगायतका सामग्री तयारी अवस्थामा रहेको र परीक्षा केन्द्र पठाउने कर्यहरु भैरहेको छ ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि आवश्यक तयारीमा आफूहरु लागि परिरहेको राईको भनाई छ ।
sourcesolufm