उर्मिला खालिङको खालिङ भाषाको म्युजिक भिडियो सार्बजनिक भएको छ । सोलुखुम्बुकी गायिका उर्मिला खालिङको खालिङ भाषाको गित नयाँ बर्षको अबसर पारेर बैसाख १ गते सार्बजनिक भएको हो ।
न्युमन वासखाम ,बोलको खालिङ भाषाको गितमा उर्मिला खालिङ , निरु खालिङ, छबि खालिङ र हेमन्त खालिङले आवाज भरेका छन । उक्त गितको गायिका उर्मिला खालिङले नै शब्द लेखेका हुन भने संगित निरु खालिङले गरेका हुन । भाषाभाषीको गितहरु पछिल्ला समय हराउदै गएका बेला आफ्नो भाषा संस्कार लाई जर्गेना गर्दै खालिङभाषा को गित लेखेको गायिका उर्मिला खालिङ बताईन ।
काठमाण्डौको बिभिन्न ठाँउहरुमा छाँयाङकन गरिएको उक्त गितको म्युजिक भिडियाोमा खालिङ समुदायको सामुहिक अभिनय देख्न सकिन्छ ।
सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ४ मा जन्मिएकी गायिका खालिङको सोलुखुम्बु आउनेलाई माँया दिँउ भन्ने बोलको गित निकै चर्चित छ ।