सोलुखुम्बु - लोक तथा दोहोरी गित प्रतिष्ठानको महाधिवेशन बाट चर्चित लोक तथा दोहोरी गायक बिष्णु खत्री बाहिरीएको छ । यहि फागुन १२ गते शुक्रबार धादिङ जिल्लामा हुने ८ औ महाधिवेशनमा गायक खत्रीको कुनै पदमा उम्मेद्धवार नहुने बताएको छ । सोलु एफएमको कार्यक्रम लोक भञ्जयाङमा कुराकानी गर्नुहुँदै उहाँले कुनै पदमा आफ्नो उम्मेद्धार नदिने बताउनुभएको हो । लोक सस्कृतिको संरक्षण तथा पर्वद्धन गर्ने उदेश्यले स्थापना भएको लोक तथा दोहोरी गित प्रतिष्ठानको महासचिब भएर लामो समय बिताएको स्मरण गर्दै गायक खत्रीले संस्थाको हितमा काम गर्न आफुलाई असहज बनाएको दाबी गर्नुभयो । यस भन्दा पहिले २ पटक सम्म केन्द्रिय अध्यक्षको उम्मेद्धवार बन्नुभएका खत्री, पहिलो पटक प्रतिद्धन्दी बद्री पंगेनी र दोस्रो पटक रमेश बिजी संग पराजित बन्नुभएको थियो । राष्ट्रको गहना कलाकार भनेर सम्बोधन भएपनि महाधिवेशनमा भने ठुलो राजनिती हुने खत्रीको आरोप छ । त्यही राजनितीकै कारण आफुले दुबैपटक जितेर पनि हार बेर्होनुपरेको दुख ब्यक्त गर्नुभयो । बिगतका दिनमा मतगणना हुँदा सोही स्थलमा पटक पटक बत्ती जानुलाई राजनिती चलखेल भएको उल्लेख गर्नुभयो ।
यस पटकको महाधिवेशनमा पनि खत्रीको उम्मेद्धवार हुन्छकी हुन्न ? भन्ने धेरैको चासो देखिन्थे । तर यसपटक भने उहाँले महाधिवेशनमा कुनै पदमा उम्मेद्धवार नहुने जनाएको छ ।बाग्लुङ जिल्लामा जन्मिनुभएका खत्री २ दशक लामो समय देखि लोकसंगितको यात्रामा निरन्तर हुनुहुन्छ ।