सोलुखुम्बु ः पुर्बेली लोक गायक राजु ढुंगेलको गितले चर्चा बटुलेको छ । दिपक खड्काको शब्द राजु ढुंगेलकै लयमा रहेको जन्म घर बोलको पञ्चेबाजा गित यतिखेर धेरै दर्शक तथा श्रोताको मनमा बस्न सफल बनेको छ । दुई हप्ता अगाडी बजारमा आएको उक्त गितमा राजु ढुंगेल र राम कुमार नेपालीले आवाज भरेको छ । मौलिकता बोकेकै कारण सबैले मन पराएको पुर्बेली गायक राजु ढुंगेलको भनाई छ । पछिल्लो समयमा मौलिकता हराउँदै गएको, श्रोता दर्शकले गुनासो गरिरहँदा यो गितले गाँउघर, सामाजमा हुने र भएका कुराहरुलाई चित्रण गरेको देखिन्छ । जन्मेर हुर्केर ठुली भएपछि माईतीघर त्याग्नु पर्दाको यो बास्तबिक संस्कार लाई समाजको यथार्थ कुरालाई दर्शक सामु देखाउनु पुर्बेली गायक राजु ढुंगेलको बिशेषता हो । बिगतका दिनहरुमा पनि गित संगितमा व्यापारीक हिसाबले नलागेकै कारण आगामी दिनमा पनि मौलिक गितहरु आफुहरुले ल्याईरहने गायक ढुगेल बताउछन । केहि समय चर्चामा नभई सधैभरी दर्शकको मनमा बसिरहने गित गाउनु र बनाउनु आफ्नो पहिचान भएको ढुंगेलको भनाई छ ।
त्यस्तै धेरै गितहरुमा अभिनय गरिसकेकी रिना थापा मगरले यस गितमा अभिनय गर्दा निकै भाबुक भएको बताउदै मौलिकता रहेको गितमा अभिनय गर्दा छुटै आनन्द आउने बताएकी छिन । याम गुरुङले निर्देशन गरेको उक्त गितमा याम गुरुङ र रिना थापा मगरको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
पूर्वको ओखलढुंगामा जन्मिनुभएका गायक राजु ढुंगेल केहि समय देखि अमेरिका बस्दैआउनुभएको छ । पछिल्लो समय लोक संगितमा मौलिकता हराउँदै गएको प्रति ढुंगेल चिन्ता व्यक्त गर्नुहुन्छ ।
भिडियो सहित