पौष ११ शुक्रबार २०७६
काठमाण्डौ श्रर्जक सुरेश खप्तरी मगरले रचना गर्नुभएको खुम्बुपासाङल्हमु गाउँपालिका, गौरब हाम्रो शान बोलको गित चर्चाको शिखरमा पुगेको छ । सार्बजनिक भएको केही समयमै लगभग ८० हजार दर्शकको नजरमा यो गित परिससेका छन् ।
पर्यटन बर्ष २०२० लाई मध्यनजर गरी सार्बजनिक गरिएको खुम्बुपासाङल्हमु गाउँपालिकाको बिभिन्न क्षेत्र हुदै माथिल्लो भेग तथा गोक्युताल सम्म पुगेर छायाङकन गरिएको उक्त गितको भिडियोलाई दर्शकले अत्यन्तै रुचाएको र राम्रो प्रतिकृया पाएको गितका श्रर्जक सुरेश खप्तरी मगरले जानकारी दिनुभयो । साथै “यसरी सार्बजनिक भएको केही सुमयमै यसरी यो गितले यसतको चर्चा पाएला भन्ने सोचेको थिएन मनमा खुसी र फेरी अर्को उत्साह पलाएको छ” मगरले भन्नुभयो
प्रदेश नम्बर एक मा पर्ने सोलुखुम्बु जिल्ला, त्यसैभित्र बिश्वको सर्बोच्च शिखर सगरमाथा देखि यस गाउपालिका भित्र बसोबास गर्ने बिभिन्न जातजाति र त्यही जातजातिहरुको संस्कार संस्कृति संंगै गाउपालिकाभित्र रहेका आर्कर्षक दृष्यहरु उत्कृष्ठ ढंगल भिडियोमो उतारेका छन ।
मगरले रचना गनु्ृभएको यस गितमा चर्चित गायिका मेलिना राई र सागर आले मगरको आवाजले गितलाई झनै आकर्षक बनाएको दर्शकहरुले बताएका छन ।
हरौ भिडियो