भदौ २० शुक्रबार २०७६
काठमाण्डौ —“आज भन्दा एक दशक अगाडीको आफ्नो संघर्षको कुरा कसैलाई सुनाउदा पनि कथा जस्तै लाग्छ । तर त्यो दिनहरुको त्यही संघर्षले संगित क्षेत्रमा टेक्ने आधार बनायो आज पनि संघर्ष त गरिरहेकै छ तर त्यो दिन भन्दा फरक छ” । यो भनाई संगित क्षेत्रको होनहार बहुप्रतिभाशालि गायक तथा श्रष्ठा सागर बिरहीको हो ।

उहाँ यसरीनै हिजोको आफ्नो संघर्षको कुरा सुनाउनुहुन्छ ।
तनहु जिल्लामा २०४३ साल असोज ५ गते जन्मिनुभएका गायक सागर बिरही को बाल्यकाल पनि उहि गाउमै बित्यो सामान्य परिवारमा जन्मिनुभएका बिरही बाल्यकाल पनि खास्सै सुखसयलमा नबितेका बताउनुहुन्छ ।
अरु भाईबहिनीहरुको स्याहार सुसार तथा छोरो भएको नाताले कमाएर बुवा आमालाई सुखसाथ राख्ने सपना सागरमा साँच्चै सागर जत्तिकै ठुलो थियो ।
गाँउघरमा लोक गित प्रतियोगिता तिर भाग लिएर राम्रो स्थान लिराख्ने बिरही लाई गायक बन्छु भन्ने सपना त थियो नै, तर पारीवारीक परिस्थिति ले सजिलै पुरा गर्न दिदैनथे ।उहाँ गाँउमा एसएलसी सकाएर काठमाण्डौ मै पढ्छु उतै काम गर्छु पैसा कमाउछु , भन्ने हेतुले २०६२ सालमा पहिलो पटक राजधानी प्रबेश गर्नुभएको थियो ।
त्यसपछि राजधानीमा संगित भन्दा बाहिर को संघर्ष सुरु गरेको दिन जहाँ आफन्त भन्ने कोही थिएन गायक बन्ने सपना पाल्दा चारै तिर भौतरिदा कहि लेहि सीप नलागेर इट्टा बोक्ने अनि सेकुरेटी मा जागिर गरे यो म गयाक बन्न लाई गरेको संघर्ष हो भन्नुहुन्छ उहाँ । अहिले कसैलाई ुसुनाउदा कथा जस्तै हुन्छ” । उहाँ भाबुक आबाजमा भन्नुहुन्छ ।

कसरी संगित क्षेत्रमा प्रबेश ?
“एकजना दाईले दोहोरी मा राम्रो गाउने मान्छे चाहिएको छ भन्नुभो मैले उहाँलाई दाई म पनि गाउन सक्छु भने उहाले सक्नुहुन्छ भने लौनत गरौ भनेर दोहोरी साँझमा गाउने अबसर दिनुभयो । गाउदै गए राम्रै भयो त्यो बेला तलब धरै थिएन। यसरी सुरु गरेको ह” ।श्रर्जक तथा गायक सागर बिरही भन्नुहुन्छ ।
हालसम्म शब्द ,संगित ,आवाज सहित करिब १५ दर्जन लोक तथा दोहोरी गितहरुमा उहाँको नाम सुरक्षित छ । साथै आधुनिक गितहरुमा पनि उत्तिकै अब्बलहुनुहुन्छ ।
संघर्षलाई अझै यसरी सम्झिन’ह’न्छ त्यो बेला काम गरेर स्टुडियो बाट कोठा फर्किदा बाटोमा चप्पल चुटेर खालीखुट्टा आईपुगेको हुन्थे । काम बाट ढिलो फर्किदा घरबेटीले ढोका खोल्दिदैनथे । अहिले त्यो स्थति छैन आनन्दले आफ्नो कर्म गरेर बाँचेको छु । त्यो दिनहरु थिएन भने आज सागर बिरही यो स्थान सम्म आईनपुग्ने थिएन ।
बिगतले धेरै कुरा सिकायो सफलता पाउन धैर्य संगै मेहनत चाहिने रहेछ । उहाँको भनाई थियो ।
उहाँले संगित क्षेत्रमै समय बिताएको १ दशक पुगिसकेको छ । शब्द संगित देखि बिशेष एरेञ्जमा ब्यस्त हुनुहुन्छ । प्राय स्टेज कार्यक्रमतिर जान समय पाउनुहुन्न ।
भन्नुहुन्छ , कहिलेकाही आफ्नो गाउघर तिरको कार्यक्रमतिर जान्छु ।
अनि गाँउघरको कार्यक्रममा जाँदा त धेरै सम्मान पाउनुहुन्छ होला कस्तो लाग्छ ?भन्ने प्रश्नमा भने सागर दुखेसो पोखाउनुहुन्छ ।“स्थानिय कलाकार भनेर सम्बोधन गर्दा निकै दुख लाग्छ अनि गाँउकै कलाकार थोरै पारीश्रमिकमा कार्यक्रममा आईदेउ भन्दा दुख लाग्छ किनकी कलाकार बन्न सजिलो छैन” ।

हेर्दा खाईलाग्दो ज्यान, हसिलो जोसिलो अनि सुन्दर अनुहार सागर बिहरीको ब्यबहार पनि उत्तिकै राम्रो र सबैसंग समान रुपले बोल्ने र सहयोग गर्ने बानीले उहाँसंग सहकार्य गर्न मन लागिरहने बिरहीसंग सहकार्य गर्ने बरिष्ठ कलाकार देखि नयां कलाकारहरुले बताउछन । साथै उहाँको प्रशंसा खुलेरै गर्छन ।
कुनै काम गर्दा हरेश नखानु कुनैन कुनै दिन सफल हुनेछ । आफुलाई बिगतका संघर्षले आज याँहा सम्म ल्याएको भन्दै कर्म गर्न नछोड्नु सागर बिरहीको संदेश छ ।
यो पनि हेर्नुहोस गुडमर्निङ मिडियाले गरेको कुराकानी