आज वि.सं. २०७५ साल चैत २ गते शनिबार अँग्रेजी पात्र अनुसार सन् २०१९ मार्च १६ तारिख नेपाल संवत् ११३९ चिल्लाथ्व,फाल्गुण शुक्लपक्षको दशमी तिथि
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाई को आजको दिन परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिएला । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्नेछ काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आजको दिन तपाईको अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले मान(सम्मान दिलाउनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। बुद्धिले काम लिँदा चिताएको योजना बन्नेछ। कामले धेरैलाई आकर्षण गर्ने समय छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
आफन्तजन सँग भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आजको दिन पछिका लागि केही वस्तु त्याग्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। टाढाका साथीहरूसँगको भेटघाटले खुसियाली छाउनेछ। कर्जामार्फत धन जुट्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आजको दिन सुखद अवसरका पनि पाउनेछन साथै केही चुनौतीहरु पनि देखा पर्नेछ बिशेष ध्यान दिनुहोला कामको राम्रै मूल्यांकन भए पनि आम्दानी बढाउन निकै मिहिनेत पर्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदआा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। तापनि दीर्घकालीन योजना बनाएर नयाँ काम प्रारम्भ गर्ने बेला छ। आफन्तबाट सहयोग मिल्ने समय छ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
बिभिन्न चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। नयाँ कामको जग बसाउने समय छ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। ब्यापारब्याबसायमा राम्रै आम्दानी हुनेछ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन खानपानमा अलि ध्यान दिनुहोला तपाईको आफ्नो गोप्य कुरा बाहिरेला अलि ध्यान दिनुहोला मिहेनत गरेका कामहरुमा हात रामै्र पर्ने योग छ । साथीभाई र अमाफन्तजन सँग मिष्ठान्न भोजनको योग पनि परेको छ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
तपाई को आजको दिन मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। अभावको अवस्थाबाट माथि उठ्न केही संघर्ष गर्नुपर्ला ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
मकर राशिहुनेहरुको आजको दिन वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
आजको दिन तपाईको लागि अध्ययनमा राम्रो उपलब्धि हासिल हुनाले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मीन राशि हुनेहरुका लागि आजको दिन फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन् ।