सोलुखुम्बु । सोलुखुम्बुका १२ जना विद्यार्थीहरुले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा ए प्लस ल्याएका छन । जसमा सबै भन्दा बढी जीपीए ल्याएर हवाईट्स हिल्स इंलिस स्कुल सल्लेरीका बिशाल घिमिरे जिल्ला प्रथम बन्नुभएको छ । घिमिरेले ३.८५ जिपीए प्राप्त गरेर जिल्ला प्रथम बन्नुभएको हो ।
त्यस्तै जिल्लाकै माउण्ट एभरेष्ट इंलिस स्कुलका दावा जाङबु शेर्पा ३.७५ जीपीए प्राप्त गरि दोस्रो बन्नुभएको छ । त्यस्तै धर्मपिक माध्यमिक विद्यालय सोताङका झर्ना थापा ले ३.७०, सोही विद्यालयकै आरोही कार्की, आरती बस्नेतले क्रमस ३.७० जीपीए प्राप्त गरेका छन ।
त्यस्तै गार्मा माध्यमिक विद्यालयकी बिबिता कार्कीले ३.७० हवाईट्स हिल्स इंलिस स्कुलका डोमा शेर्पा र अनिला राई ले पनि ३.७०, धर्मपिक माध्यमिक बिद्यालय सोताङका बिबेक बस्नेत र सगरमाथा माध्यमिक विद्यालय च्याल्साका निमा छिरीङ शेर्पाले ३।६५, गार्मा माध्यमिक विद्यालयका सुमिका श्रेष्ठ र हिमालय माध्यमिक विद्यालय खास्ताबका सबिन राईले ३.६५ जिपीए प्राप्त गरि जम्मा १२ जनाले जिल्लामा ए प्लस ल्याएको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक तथा सूचना अधिकारी शिव कुमार राईले जानकारी दिनुभयो ।
त्यस्तै १ सय ४१ जनाले ए, ४ सय ६७ जनाले बि प्लस, ६ सय ५२ जनाले बि, ३ सय ७० जनाले सी प्लस,९० जनाले सी ग्रेड प्राप्त गर्दा १३ जनाले डि प्लस ग्रेड पाएको छ । भने ग्रेड नपाउनेको संख्या ३ रहेको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।
प्राविधिक धार, नियमित तथा आंशिक गरि सोलुखुम्बु जिल्लाबाट इसईई परिक्षामा जम्मा एक हजार ७ सय ४८ जना सहभागी भनिएकोमा ३४ जना परिक्षामा सहभागी नभएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्राविधिक तथा सूचना अधिकारी शिव कुमार राईले जानकारी दिनुभयो ।
गत चैत्र १७ गतेबाट २६ गते सम्म सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको राष्ट्रिय परीक्षा बोर्डले बिहीबार हिजो नतिजा सार्वजनिक गरेको थियो ।