गायक गम्बु शेर्पा हाल खिजीदेम्बा गाँउपालिका ओखलढुंगाको अध्यक्ष हुनुहुन्छ । २०३७ सालमा ओखलढुंगाको साबिकको खिजीफलाटेमा बुबा सोनाम ग्याल्जेन शेर्पा र आमा पसि शेर्पाको कोखबाट वहाँ जन्मिनुभएको हो ।
साँगितिक, राजनीतिक क्षेत्रमा अब्बल सावित हुँदै आउनु भएका शेर्पा एक कर्मठ समाजसेबिको रुपमा पनि स्थापित भईसक्नु भएका छन् । वहाँले सामाजिक क्षेत्रमा पनि अनेकौं कार्यहरु गर्दै समाज विकासका क्षेत्रमा महत्वपुर्ण योगदान प्रदान गर्दै आउनुभएको छ ।
सन २००० मा अमेरीका पुग्नुभएका शेर्पाले जिबनका उर्जाशिल उमेर र समय अमेरीकामै बिताउनुभएको थियो । तर अमेरीकाको बसाई त्यागेर आफ्नो ठाँउ आफै बनाउनुपर्छ भन्ने सोँच बोकेर उहाँ नेपाल फर्किनुभयो ।
गितसंगितमा पनि उत्तिकै चर्चा कमाउनुभएका शेर्पा, २०७९ सालको बैसाखमा भएको स्थानिय चुनाबमा जनता समाजबादी पार्टीबाट प्रतिनिधित्व गर्दै खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष पदका लागि चुनाबि मैदानमा उत्रनुभयो । शेर्पाको बिगतको कार्य, नेपाल तथा आफ्नो गाउँ प्रतिको लगावसँगै वहाँले हालसम्म गर्नुभएको कार्यलाई मुल्याङकन गर्दै स्थानियले शेर्पालाई निकै मतान्तर सहित अध्यक्षमा चुन्नुभयो । गित गाएर दर्शक झुमाउनु र जनप्रतिनिधी भएर जनतालाई खुसि बनाउनु मा के फरक पाउनुभो ? भन्ने प्रश्नमा वहाँको जवाफ थियो दुबै “उस्तै हो माईक समाउने तर फरक चाँही, गितसंगितमा माईक समाएर गाँउदा अर्के उर्जा आँउछ दर्शक झुम्छन, तर जनप्रतिनिधी बनेर माईक समाउँदा जनताको दुःखसुख माईक बाटै बोल्नुपर्छ” ।
त्यो बेलाको समयमा पनि एउटा अक्षर नचिनेका बुबाले छोरो डाक्टर बनोस भन्ने सपना बोक्नुभएको थियो । डाक्टर बन्ने सोँच मात्रै भएर काहा हुन्छ ? त्यसलाई पुरा गर्ने आर्थिक भार बुबालाई थाहा थिएन । गम्बु शेर्पाले बुबाको त्यो सपना पुरा गर्न भलै सकेनन्, तर बुबालाई खुसि बनाउने अन्य त्यस्ता थुप्रै काम भने गर्नुभएको छ । राष्टको गहना हो कलाकार कुनै पार्टीमा आबद्ध हुनुहुदैन भनिन्छनि भन्ने हाम्रो प्रश्नमा ? शेर्पाको जवाफ “हैन कलाकार राजनितिमा आउनुपर्छ । कलाकारिताको गुण भनेको मानिसको एउटा उत्कृष्ट कला हो । कलाकार हरेक ठाँउमा पुगेका हुन्छन,त्याहाको दुःखसुख, भौगोलिक परिस्थति बुझेका हुन्छन,त्यसैले देश लाई बिकासको बाटोमा लैजान र देशको रणनिति तयार पार्न कलाकारहरु पनि राजनितिमा आउनुपर्छ”।
अमेरीका जस्तो विकसित देशमा १८ बर्ष बसेर नेपाल फर्कनुमा पनि उहालेँ पारिवारिक संघर्ष देखि व्यक्तिगत संघर्षहरु धेरै गरेको वहाँको भनाई छ । नेपालको राजनीतिले चित्त नबुज्दै गर्दा भ्रष्टचार भन्ने चिजबाट टाढा रहेर आफ्नो ठाँउको बिकास हुन सक्छ भन्ने उदेश्यले राजनितीमा आफ्नो प्रबेश भएको उहाको भनाई छ ।
अमेरीका बस्दा पनि वहाँले आफ्नो ठाँउलाई कहिल्यै भुल्नुभएन बेलाबेला आफु जन्मेको ठाँउसम्म पुग्नुभयो । हरेक बिपत्तीमा कहिल्यै टाढा बस्नुभएन । यही सामाजिक कार्यमा आफ्नो लगावले आफुलाई स्थानियले रोजेको हुनसक्ने भन्दै आगामी दिनमा जनताले आफुबाट आशा गरेको कुरालाई निरासामा परिणत हुन नदिने अध्यक्ष शेर्पाको प्रतिबद्धता छ ।