३७ औँ मगर दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी बालकुमारी ललितपुर को समन्वयनमा सोलु जन्तरखानी काठमाण्डौँ मगर समाज सेवा केन्द, काठमाडौँले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपालमा रहेको विद्यमान रक्तअभावलाई केहि टेवा पुगोस भन्ने उदेश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा उपस्थित सयौँले उच्च रक्तचाप, न्युन रक्तचाप तथा औषधी सेवन गरिरहेका कारण रक्तदान गर्न पाएन्न । यस्ता व्यक्तिहरुले रक्तदान गर्न नमिल्ने चिकित्सकहरुको सुझाब रहेको छ ।
रगतको अभावमा छट्पाएका बिरामीहरुलाई रक्तदान गरि जिवन बचाउनु मानवताको धर्म र दायित्व भएको भन्दै आफनो संस्थाले यो बर्षको मगर दिवशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष राजु राना मगरले बताउनुभयो । उहाँले रक्तदान गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
यो पनि पढ्नुहोस ः
कस्ता व्यक्तिहरुलाई रक्तदानको आवश्यक्ता पर्दछ ?
सामान्यतया रगतमा पनि डब्लुबिसी को आयु एक हप्ता आरबिसी को आयु एक सय विस दिन र प्लेटलेटस को आयू दुई देखि तिन हप्ता सम्म हुन्छ ।
दुर्घटना एंव चोटपटकहरुबाट बढि रक्तस्राव हुँदा, महिलाहरु गर्भवति भई बच्चा जन्मदा, क्यान्सरका बिरामि तथा शल्यक्रिया गर्नुभन्दा अगाडि र शल्यक्रिया गरिरहेको समयमा बिरामिहरुलाई रक्तसञ्चारको आवश्यकता पदर्छ । यसले के काम गर्दछ ?
साथै रातो रक्तकणले फोक्सोबाट कोशिकाहरुमा अक्सिजन पुर्याउने र कोशिकाहरुबाट फोक्सोमा कार्बनडाइअक्साइड फर्काउने काम गर्दछ भने सेतो रक्तकणले मानव शरीरमा रक्षा गर्ने काम गर्दछ ।
र कस्तो ब्यक्तिहरुले रक्तदान गर्न सक्छन ?
१८ वर्ष देखि ६० वर्षसम्मका स्वस्थ पुरुष वा महिला, ४५ केजि भन्दा माथि र १२.५ ग्राम वा सो भन्दा माथिकाले मात्र रक्तदान गर्नुपर्दछ । यस्तै ११०÷७०—१६०÷९५ मि.मि मर्करी र मुटु, फोक्सो, कलेजो तथा शरीरका अन्य भित्रि अंगहरु सामान्य अवस्थामा क्रियाशिल हनुपर्दछ । साथै जण्डिस, मलेरीया, टाईफाईड, एड्स वा एच आई भि पोजिटिभ वा औषधिहरु सेवन वा अन्य कुनै बिरामि भएमा डाक्टरसँग परामर्श लिएर मात्र रक्तदान गर्नुपर्दछ ।