नेपाली कांग्रेस सोलुखुम्बुले आगमी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागी उम्मेद्धवार सिफारिस गरेको छ । आईतबार पार्टी कार्यालयमा बसेको जिल्ला समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र प्रदेश सभा क्षेत्रिय सभापतिहरुको संयुक्त बैठकले प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेद्धवारको नाम सिफारिस गरेको हो ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य आङगेलु शेर्पाको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ बल बहादुर केसीको नाम सिफारिस गरिएको जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो । प्रत्यक्ष तर्फ शेर्पाको एकल उम्मेद्धवारी सिफारिस गरिएको हो । समानुपातिक तर्फ पार्टी केन्द्रिय सदस्य बलबहादुर केसी सहित आठ जना नेताको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ पुरुषोतम बस्नेत र गोकर्ण राई, पुर्व पार्टी सभापति प्रभुराम बस्नेत, पार्टी महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्की, महाधिवेशन प्रतिनिधि आङछिरिङ शेर्पा र धर्म नेपाली र राधिका श्रेष्ठको नाम प्रदेशमा सिफारिस गरिएको छ । दुवै प्रदेश सभा क्षेत्रिय समितिको सिफारिसको आधारमा केही परिमार्जन गरि प्रदेश सभा ९क० र ९ख० मा उम्मेद्धवारको नाम सिफारिस गरिएको छ ।
प्रदेश सभा ९क० मा प्रत्यक्ष तर्फ पुर्व पार्टी सभापति विनोद बस्नेत, पार्टी सचिव भलाकाजी कुलुङ, युवा नेता गणेश बस्नेत, पार्टी नेताहरु कुसराज राई, रोसन थुलुङ, भेषकुमार बास्तोला र थिरबहादुर बस्नेतको नाम पठाईएको छ । त्यस्तै, प्रदेश ९क० कै समानुपातिक तर्फ पुर्व पार्टी सभापति छत्रध्वज बस्नेत, पार्टी नेताहरु नातिकाजी गुरुङ, सरला नाछिरिङ, गिता गुरुङ, रिना उप्रेती केसी, जिवन गुरुङ, एकाकुमारी कार्की, अशोक झा, जयप्रसाद राई, भक्त गुरुङ, फुर्तिमान तामाङ, विमला गुरुङ र हरिदेवी भुजेलको नाम प्रदेश समितिमा पठाईएको हो ।
त्यस्तै, प्रदेश सभा ९ख० मा प्रत्यक्ष तर्फ प्रदेश सभापति कर्मा शेर्पा र प्रेमबहादुर थापा मगर र साङगा बहादुर राईको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ डोल्मा तामाङ, फुदोर्जी शेर्पा, पासाङ शेर्पा, मनोज खड्का, टंकीमाया बस्नेत, मंलसिंह तामाङ, सानुमाया राजभण्डारी, राजन बस्नेत र लाक्पा नुरु शेर्पाको नाम सिफारिस गरिएको छ ।
source Solu Fm