काठमाडौं । नेपालमा बुधबार मात्र थप २ सय १ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालिकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।
यसैबीच, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका ७६ वर्षिय पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
यसैगरी हालसम्म २ सय ७८ जना कोरोना जितेर फर्केका छन् । बुधबार जनकपुर अस्पतालबाट ५ जना, टेकुबाट १ जना, सशस्त्रका बलम्बुको अस्पताल १ जना, शिक्षण अस्पतालबाट ६ वर्षीया बालिका र बुटवल अस्पतलबाट ४ जना कोरोना जितेर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्रोतः आजको न्यूज