काठमाडौँ । नेपालमा थप १ सय ६६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको जानकारी दिनुभएको हो ।
नयाँ संक्रमितमा तनहुँका १ जना, स्याङजाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका ३ जना, सल्यानका २५ जना छन् ।
यस्तै सुर्खेतका १ जना, कपिलवस्तुका ५ जना, बाँकेका ८ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, झापाका ४ जना, मोरङका १ जना, धनुषाका २१ जना, रौतहटका २९ जना, सर्लाहीका १० जनामा पनि संक्रमण पुष्टि भएकाे छ ।
यसैगरी काेराेनाका कारण हालसम्म ८ जनाकाे मृत्यु भएकाे छ भने २ सय २० जना निकाे भएका छन् ।
Source: Aajakonews