मंसिर २१ शुनिबार २०७६
सोलुखुम्बु खुम्बुपासाङल्हमु गाउपालिकाका उपाध्यक्ष टासी ल्हमु शेर्पाले, लैङ्गिकताको आधारमा हिँसा हुन्छ भने त्यसमा महिला र पुरुष दुबैले समाजमा खुलेरै आवाज उठाउनुपर्ने बताउनुभयो ।
शेर्पाले,लैङ्गिकताको आधारमा हुने भेदभाव, दमन,जस्ता हिंसाँनै लैङ्गिक हिँसा हो भन्ने कुरालाई प्रष्ट पार्दै यस बाट महिला पुरुष दुबै पिडीत हुन सक्ने, तर अझै बढी महिला नै त्यसको सिकार बन्ने भएकाले महिलाहरुले पनि माथी उठेर हिँसा बिरुद्ध आवाज उठाउन आग्रह गर्नुभयो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चलाईने लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियानलाई जारी राख्दै सोलुखुम्बु खुम्बुपासाङल्हमु गाउपालिकाको प्रायोजनमा ,शुक्रबार पासाङल्हमु महिला समितीले आयोजना गरेको लैङ्गिक हिँसा बिरुद्धको एक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्नुहुदै शेर्पाले यस्तो बताउनुभएको हो ।
१६ दिन सम्म रहने यो अभियान महत्वपुर्ण रहेको भन्दै उपाध्यक्ष शेर्पाले हरेक मान्छे शिक्षित बन्ने पाठसाला, बिधालयमा यस्ता लैङगिक हिँसा बिरुद्धका कार्यक्रमहरु गर्र्न सके त्यसबाट घरपरिवार,समुदायमा बिधार्थीहरुबाटै प्रचारप्रसार गरी जनचेतना बढाउन सकिन्छ भन्ने उदेश्यले गाउपालिकाले बिधालयस्तर कार्यक्रमहरु आयोजना गरेको जानकारी दिनुभयो ।
अझै पनि लैङ्गिक हिँसाको समाजमा अन्त्य हुन नसकेकोमा उहाँले दुख ब्यक्त गर्दै महिलालाई हरेक क्षेत्रमा सहभागी गराई विभिन्न अभ्यास गरेको खण्डमा राज्यले स्थानीय तहमा व्यवस्था गरेको हरेक पदको सदुपयोग गर्न सक्ने र सफल हुने पनि दाबी गर्नुभयो । उहाँले १६ दिने अभियानमा मात्रै नभई सधै यस्ता हिँसा बिरुद्ध आफ्नो तर्फबाट आवाज उठाउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
गाउँपालिकाले सोही लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियानलाई जारी बनाई खुम्बुपासाङल्हमु गाउपालिका भित्र रहेका बिभिन्न बिधालयहरुका किशोरीहरुलाई सेनिटरी प्याड बितरन गरिसकेको छ ।
अन्तर पुस्ता समानता ,बलात्कार बिरुद्ध ऐक्यबद्धता,भन्ने अन्तराष्ट्रिय नारा तथा महिलाका लागि महिला ,खुम्बुबासीको चाहहाना,हिँसा मुक्त गाउपालिकाको परिकल्पना भन्ने पासाङल्हमु महिला समितीले तयार पारेको आफ्नै नाराका साथ भएको अन्तरक्रिया कार्यक्रम मा प्रहरी ,गाउँपालिका भित्रका महिलाकर्मि तथा महिलादिदीबहिनी र गाउपालिका कर्मचारीहरुको उपस्थिति रहेको थियो भने, खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. २ लुक्ला बजारको लुक्ला एयरपोर्टदेखि पासाङल्हामु गेटसम्म अन्तराष्ट्रिय साथै स्थानिय नारा सहितको प्लेकाड बोकी कार्यक्रमको प्रभातफेरी सुरु गरेको थियो ।