गुड मर्निङ टाईम्स २०७५ माघ २४
काठमाण्डौ — साईनो कला केन्द्र खोटाङ दिक्तेलको आयोजनामा जारी रहेको एकल सांगितिक प्रतियोगिता हलेसी साईनो स्टारको पांचौ जिल्ला स्तरिय अडिसनका प्रतियोगीहरु टप २० मा पुगेका छन । खोटाङ जिल्लाभरीका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर विश्व सामू चिनाउने उद्देश्यले गत पुष ९ गतेदेखि खोटाङका सबै गाउपालिकाहरुबाट अडिसन शुरु गरिएको थियो । ३ सय ५० जना प्रतियोगिले सहभागी जनाएका मध्यबाट १ सय १८ जना पहिलो अडिसन बाट छनौट भएका थिए । त्यसबाट पनि छनौट हुदै अहिले २० प्रतियोगिहरु बाँकी रहेका छन । भोटिङ राउण्ड सुरु भैसकेकाले भोटको आधारमा आगामी शनिबार माघ २६ गते पाँचौ भोटिङ राउण्ड बाट ५ जना बाहिरीने आयोजकले जानकारी दिएका छन । बाँकी प्रतियोगिहरु टप १५ मा प्रवेश गर्नेछन । यस राउण्डका निर्णायक हरु गायक रेवत राई र राधा राई रहने हलेसी साईनो स्टार का संयोजक प्रमोद श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताका प्रथम प्रतियोगिले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, प्रमाणपत्र र ट्रफिको साथमा एक वर्ष संगीत कक्षा लिन पाउने भएका छन । यस्तै, द्धितीयले नगद ३० हजार, प्रमाणपत्र, ट्रफि र एक वर्ष संगीत कक्षा सिक्न पाउनेछन भने तृतिय स्थान हासिल गर्ने प्रतियोगिले १५ हजार नगदसहित प्रमाणपत्र, ट्रफि र एक वर्ष संगीत कक्षा लिन पाउने आयोजकले जानकारी दिएका छन ।
जम्मा सहभागि १ सय १८ जना प्रतियोगिमध्ये चौथो राउण्ड अथार्त टप २० मा आईपुग्दा २० जना प्रतियोगि बाँकि रहेका छन ।
विना राई, रविन दियाली, वालकृष्ण राई, रोजिना राई, क्यूमिला राई, विनोद राई, सोम मगर, पर्शुराम गजमेर, एनिस एञ्जल राई, स्काई भरत मगर, संग्राम राई, विकास राई, करिश्मा राई, प्रणिसा विक, जोहनहाङ राई, पुस्कल राई, युवराज राई, कञ्चन राई, दिनेश राई र प्रदिप राई । टप २० मा रहेका छन ।