पेम्बा शेर्पाको अध्यक्षतामा पात्ले शेर्पा समाजको नयाँ कार्यसमिति चयन
असोज ५ आईतबार २०७६
काठमाण्डौ — पात्ले शेर्पा समाज ओखलढुंगाको नवौं वार्षिक साधारणसभा तथा भेटघाटसम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न संस्थाको, नवौं बार्षिक साधारणसभाले पेम्बा शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजसेवी शेर्पालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । पर्यटन व्यवसायी समेत रहेका सगरमाथा आरोहि शेर्पा पछिल्लो समय पात्लेको विकासमा सक्रिय रहेका छन् ।
त्यसैगरी पात्ले शेर्पा समाज सेवाको प्रथम उपाध्यक्षमा वाङ्डा शेर्पा, द्धितिय उपाध्यक्षमा ङिमा शेर्पा, महासचिवमा सर्की शेर्पा, सचीवमा तेन्जी शेर्पा, कोषाध्यक्षमा पेम्बा शेर्पा र सदस्यहरुमा फुरी शेर्पा ,याङ्जी शेर्पा, छोङ्बा शेर्पा, मिङमार शेर्पा, पेमा रिन्जी शेर्पा, पशी शेर्पा, फुरी शेर्पा, छेपाल शेर्पा, ङवाङ पेम्बा शेर्पा र तेन्जी शेर्पा निर्वा्चित भएका छन् ।
साथै यसै साधारणसभाको अबसरमा पात्ले ओखलढुंगाबाट एसईई दिएर उत्कृष्ठ अंक ल्याई उर्तिण हुने तीन जना बिधार्थीहरुलाई पनि सम्मान गरेको छ ।
यसैगरी, सम्मान हुनेहरुमा एभरेष्ट हलिउड नायक पेम्बा शेर्पा, ओखलढुंगा जिल्लाबाट पहिलो सगरमाथा आरोही पुरुषमा दोर्जी शेर्पा, पहिलो सगरमाथा आरोही महिला माया शेर्पा लगाएत २५ जना आरोही, संस्थाको आजिवन सदस्य, संरक्षण सदस्य, विश्वकिर्तिमानी डिजेछेवाङ शेर्पा, गायक गम्बु शेर्पा, लगाएत पाँच जना कलाकाहरुलाई सम्मान गरिएको थियो ।
कला, धर्म, भाषा र संस्कृतिलाई जोगाएर विकास गर्ने उदेश्यले बि.सं. २०६४ साल भदौ १७ गते पात्ले शेर्पा समाज सेवा ओखलढुंगाको स्थापना भएको हो ।