काठमाडौँ । जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धि तथ्याङ्कको नियमिततामा देखिने स्थायि प्रकृतिको परिवर्तन हो । जस अनुसार बेला बेलामा मौसममा आउने उतार चढावलाई वातावरणिय परिवर्तन मान्न सकिन्छ ।
विश्वव्यापि रुपमा बढेको यस समस्यालाई न्यनिकरण गर्ने उद्धेश्यले सोलुखुम्बुको थुलुङ दुधकोशि गाउँपालिका मुक्लिका माओ राई किरातले आफु एक्लैले सन २००८ मा वृक्षारोपण अभियान शुरु गरे । हरेक जिवित प्राणिको, पृथ्विसँग निकट सम्बन्ध रहेको हुन्छ । त्यहि निकट सम्बन्ध भएको कारण पृथ्विलाई हराभरा बनाईराख्नुपर्दछ भन्ने मान्यताका साथ उनले सन् २००८ देखि वृक्षारोपण गर्दै विभिन्न ठाउँमा पोष्टर टाँस्दै आफनो अभियानको बारेमा सबैलाई बुझाउँदै आए ।
उनको पहिलो उद्धेश्य गाउँका मानिसहरुलाई जंगलको महत्व बुझाउनु थियो । गाउँमा मानिसहरुले प्रायः चुलोमा खाना पकाउने भएको कारण वनजंगलको धेरै मात्रामा फडानि हुन्छ । यस्तै गाईवस्तुको लागि जंगलबाट नै घाँस, स्याउलाहरु ल्याउनुपर्ने कारण धेरै मात्रामा बिरुवाहरु फँडानि हुन्छन । वर्षको फागुन र चैत्र महिनामा दाउरा काटेर चाङ बनाएर राख्ने गाउँमा एउटा प्रचलन छ । जसले गर्दा असार, साउनमा काम गर्न सहज हुन्छ । जुन समयमा मानिसहरुले ठूला टूला रुखहरु ढाल्ने गर्दछन् । तर रुखहरु काटिसकेपछि वीरुवा रोप्नुपर्छ भन्ने विचार कमैको मात्र आउँछ । यस्तो विचारलाई हटाएर जंगलको माया गरि बोटबिरुवाको संरक्षणमा ध्यान दिनुपर्दछ भन्ने कुरा गाउँका मानिसहरुको कान कानमा पुर्याउनुपर्छ भन्ने सोचका साथ उनी आफु एक्लै सो अभियानमा लागि परीरहे । कतिपयले उनको अभियानलाई सकारात्मक तरिकाले लिएर उनलाई साथ पनि दिए भने कति मानिसहरुले पत्याउन पनि छाडेका थिए उनको अभियानलाई । तर पनि उनी आफनो उद्धेश्यसँग कति पनि डगमगाएनन् । अभियानलाई निरन्तर अगाडि बढाईरहे । एकदिन अवश्य म सफल हुनेछु भनि उनले सोच्ने गर्दथे । उनी भन्छन् –“शुरुवातको केहि वर्ष केहि समस्या भयो तर अहिले धेरै मानिसहरु सचेत भईसकेका छन् ।”
सबैलाई थाहा भएको कुरा हो वनजंगल जोगाएमा भू–क्षय हुँदैन । बाढिपहिरो जाँदैन । चिस्यान रहिरहन्छ । उनी भन्छन् – “मानिसलाई थाहा छ रुख काटिसकेपछि फेरी बिरुवा पनि रोप्नुपर्छ भन्ने कुरा तर धेरैले वेवास्ता गरेको देखेको छु । उनी थप्छन्, बिरुवा रोप्न त रोपिरहेका छन तर त्यसलाई हुर्काउन सकिरहेका छैनन् ।”
सन् २००८ बाट उनी आफु एक्लैले शुरु गरेको सो वृक्षारोपण अभियानलाई पछि सन् २०१५ मा ग्रिन बेल्ट नाम दिएर अभियान सञ्चालन गरिरहेका छन् । आफैले सञ्चालन गरिरहेको सो अभियानमा अहिले केहि ईच्छुक व्यक्तिहरुले पनि उनको अभियानलाई साथ दिन थालेसगँै अहिले १० जना सदस्यहरु रहेको माओ राई बताउछन् ।
मानिसहरु काममा मात्र व्यस्त भएकाले वातावरण प्रदुषित बन्दै गएको उनी बताउँछन् । यहि गतिले वातावरण प्रदुषित हुने र बोटबिरुवा मासिने हो भने सजिव प्राणिहरु पृथ्विबाट लोप हुने उनको अनुमान छ । उनले काठमाडौँ, ओखलढुुंगा र सोलुखुम्बुको जिल्ला वन कार्यालय तथा अन्य विभिन्न ठाउँबाट बिरुवाहरु संकलन गरि विभिन्न ठाउँसम्म पुर्याएर वृक्षारोपण गर्ने गरको बताउँछन् । अहिले आफैले नर्सरी तयारी गरेर विरुवा वितरण पनि गरिरहेका छन् ।
बोटविरुवा रोपेर पृथ्विलाई हरीयालि बनाई वातावरण संरक्षण सँगसँगै प्राणिहरु बचाउने उदेश्यका साथ हरेक वर्ष विभिन्न ठाउँमा विभिन्न जातका बिरुवाहरु वृक्षारोपण गरीरहेका छन् माओ राई किरात । नेपालको विभिन्न जिल्ला संखुवासभा, बाग्लुङ, बेनि, काभ्रेपलान्चोकको पनौति, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, म्याग्दि लगायतका ९ वटा जिल्लामा वृक्षारोपण गरेको उनले बताए ।
भूगोल अनुसार अनुकुल हुने बिरुवाहरु जस्तै ओखर, चाँप, चिउरी, लप्सी, किबि, रुखकटहर, आँप, पीपल, एभोकाडो, लिचि, रुद्राक्ष लगायतका विरुवाहरुको वृक्षारोपण गरेको उनी बताउँछन् । जसबाट मानिसलाई दोहोरो किसीमको फाईदा र उपयोगि हुने उनको विश्वास छ । जस्तै घाँस, काठ सँगै फलफूल त्यहीबाट उपभोग गर्न सकिन्छ ।
मूख्य चूनौति बिरुवा बचाउनमा छ । बिरुवा रोपिसकेपछि समय समयमा गएर हेरविचार गर्न सके बिरुवा सबै बाँच्ने उनी बताउँछन् । उनी भन्छन् “बिरुवा रोप्न समस्या होईन बिरुवा बचाउन र स्याहार गर्न समस्या हो ।” बिरुवा रोपिसकेपछि त्यहाँका स्थानियहरुलाई बिरुवा स्याहार गर्नका लागि आग्रह गर्दैै आएको उनी बताउँछन् । साथै आफु पनि समय समयमा पुगेर बोटबिरुवाको गोडमेल सँगसँगै हेरविचार गरीरहेका छन् । दुई लाख बिरुवा रोपेकोमा करीव ७५ हजार मात्र बिरुवा बाँचेको बताउँछन् ।
प्रत्येक वर्ष ५०० वटा बिरुवा रोप्ने उनको उद्धेश्य छ । “२०१५ मा १२ हजार बीरुवा रोपको थियो तर २० प्रतिशत मात्र बाँचेको छ । थोरै बिरुवा रोप्ने तर सबै बिरुवा बचाउने उद्धेश्य हो । बिरुवा रोपेर मात्र के गर्नु सबै बचाउन सके मात्र वृक्षारोपणको अर्थ लाग्छ”, किरात भन्छन् । जलवायु परिवर्तनका कारण पानिका श्रोतहरु सक्दै गएका छन । बेमौसमी पानि पर्ने, सुख्खापन बढ्दै गएको छ । यस अभियानले हिमश्रृखला बचाउन सकिने उनको धारणा छ । २००८ देखि २०१९ सम्म २ लाख बीरुवा रोपिसकेका छन् । उनले यस अभियानलाई विश्वव्यापि रुपमा सञ्चालन गर्दै २५ लाख बिरुवा रोप्ने लक्ष्य लिएका छन् ।
६५ वर्षका राई आफुलाई प्रकृतिप्रेमि भन्न रुचाउँछन् । काटमार गर्न महापाप हो भन्छन उनी । धर्ममा विश्वास गर्ने उनी आफु शुद्ध शाकाहारी हुन् । उनी आफु ईन्सुरेन्समा काम गर्छन साथै सेयरमा लगानि पनि गर्छन् । सोहिबाट भएको आम्दानिलाई २५ देखि ५० छुट्याँउछन् । शुरुवात गरेको १२ वर्षको अवधिमा ४० लाख भन्दा बढि वृक्षारोपणमा लगानि गरेको उनले बताए । उनले यस अभियान सञ्चालन गरिरहँदा स्थानियहरुबाट सकारात्मक सुझावहरु आएकोले अझ यस अभियानलाई फराकिलो तवरले काम गर्नमा आफुलाई उत्प्रेरणा मिलेको उनको अनुभव छ । वनस्पति र सजिव प्राणिहरुविच गहिरो सम्बन्ध हुने कारण बोटविरुवा रोपि पृथ्विलाई हराभरा बनाउन उनले सबैलाई आग्रह गर्छन् । बोटबिरुवा रोप्ने र हरीयालि बनाउने अभियानमा सबैलाई जुटन पनि उनी आग्रह गर्दै आएका छन् । उनी भन्छन् –“मैले कुनै पनि व्यत्तिगत स्वास्र्थको लागि यो अभियान सञ्चालन गरिरहेको छैन । यो देशको एक जिम्मेवार व्यत्ति म पनि हुँ । त्यसैले आफनो जिम्मेवार बहन गर्दै समाज सँगसँगै पृथ्विमा रहेका हरेक जिवित प्राणिहरुलाई फाईदा होस भन्ने मेरो उद्धेश्य हो ।”
एकले थुकी सुकि, सयले थुकि नदि भने जस्तै माओ राई किरातले शुरुवात गरेको अभियानलाई साथ दिने हो भने अवश्य पनि मानवलाई फाईदा हुनेछ । पृथ्विको तापक्रमलाई घटाउन सके हरेक जिवित प्राणिलाई श्वासप्रश्वासमा सहजता मिल्नेछ । त्यसैले एक वटा रुख काटे कम्तिमा तीन वटा सम्म बिरुवा रोपौँ । पृथ्विलाई उजाड मरुभूमि होईन स्वच्छ हरियालि र हराभरा बनाऔँ ।