प्रविधिको विकाससँगै संगीत क्षेत्रमा पनि सहजता मिलेको संगीतकार ओम प्रकाश राईको बुझाई रहेको छ । पछिल्लो समयमा आएको युट्वको माध्यमबाट गित संगीतको बढावा गर्न र संरक्षण गर्न मिलेको उहाँ बताउनुहुन्छ । “मैले संगीत गरेको पुराना अडियो गितहरु धेरै थिए कति हराए, तर अहिले युट्वमा राख्छु । हराउने डर पनि भएन, कुन ठाउँमा राखेको छु भनेर धेरैबेर खोजिरहन पनि नपर्ने”, उहाँ भन्नुहुन्छ ।
०४८ सालदेखि व्यवसायिक रुपमा संगीत क्षेत्रमा निरन्तर लागिरहेका संगीतकार ओम प्रकाश राई विश्व बजारमा नेपालि गितहरु रुचाईएको देख्दा खुशि लागेको बताउनुहुन्छ । यसरी नै नेपालि गीत संगीतलाई सबैले माया गर्ने हो भने नेपालीपन रहीरहने उहाँको भनाई छ ।
आफनो पालामा गीत सुन्नका लागि रेडियो नेपाल बाहेक अन्य विकल्पहरु नभएको उहाँ बताउनुहुन्छ । रेडियो मा बज्ने कतिपय गितहरु आफनो रोजाईको हँुदैन थिए । तरपनि बेलुकी १० बजेपछि बज्ने गितहरु आफुले नसुनि कहिले पनि ननिदाएको उहाँ सम्झनुहुन्छ । अहिलेको जस्तो रोजेर वा छानेर कहाँ सुन्न पाइन्थ्यो र उहाँ भन्नुहुन्छ ।
तीन घण्टाको लामो बाटो हिँडेर संगीत गुरुकहाँ पुगेर आफुले संगीत सिकेको उहाँ बताउनुहुन्छ । सानै उमेरदेखि नै संगीतमा रुचि हुनुको साथै परिवारमा पनि सांगीतिक माहोल भएको कारण आफु आठ वर्ष उमेरको हुँदा देखि नै संगीत सिक्दै आएको बताउनुहुन्छ । डा. विन्देश्वरीनाथ, भोला प्रशाद राई र सत्रुघन नेताबाट भारतमा उहाँले संगित सिक्नुभएको हो ।
धेरै संघर्ष गरेर संगीत क्षेत्रमा आफु स्थापित भएको उहाँ बताउनुहुन्छ । स्वर्गिय गायक नारायण गोपाल र भक्त राज आचार्यको गितबाट प्रभावित हुनुभएको संगीतकार ओम प्रकाश राईले पप, लोक, चलचित्र तथा भोजपुरी गित, मैथिलि, पञ्जावि, हिन्दि लगायतका ३५ सय गीतहरुमा संगीत भरिसक्नुभएको छ । ।
पहिलाको समय र अहिलेको दाँजोमा अहिलेको पुस्ताहरुलाई धेरै सहजता मिलेको उहाँको बुझाई छ । “प्रविधिले गर्दा अहिलेका भाईबहिनिहरुलाई धेरै सजिलो छ, जसको गित सुन्न मन लाग्यो उसको गित सुन्न मिल्छ, हाम्रो पालोमा यस्तो सजिलो कहाँ थियो र...”, उहाँ भन्नुहुन्छ ।
कला क्षेत्रमा नाम कमाउन र चर्चा कमाउन मात्र ठूलो कुरा होईन । संगीतलाई तपस्या र मायाँ गरे संगीत क्षेत्रमा सफल हुने उहाँको भनाई छ । गायन क्षेत्रमा लागेको जो कसैले पनि संगीतको ज्ञान सुर, ताल, लय, राग बुझन आवश्यक रहेको उहाँको भनाइ छ । साथै संगीतको ईज्जत गरेमा आफुलाई पनि ईज्जत मिल्ने उहाँको बुझाई छ ।
अहिले संगीत सिक्नका लागि धेरै सुविधाजनक स्कुलहरु सञ्चालनमा छन् । देश तथा विदेशमा विभिन्न कार्यक्रमहरु हुन्छन् । त्यहाँबाट नयाँ पूस्ताहरुले एक किसीमको प्लेटफर्म अर्थात अवसर पाएको उहाँको भनाई छ ।
गीत संगीतबाट जीवन धान्न कतिको सहज छ त भन्ने प्रश्नमा आम्दानिलाई व्यस्थापन गर्न सके जिवन सहज हुने उहाँको तर्क छ । “बाँच्नु पनि कला हो । जे गर्नको लागि पनि कला आवश्यक हुन्छ,” उहाँ भन्नुहुन्छ ।
अहिलेको पुस्तालाई सहजता भए पनि प्रविधिको सुविधालाई खासै सदुपयोग गर्न नसकेको उहाँको बुझाई छ । प्रविधिको सकारात्मक फाइदा उठाउन सके आफु स्वयमलाई फाइदा हुने उहाँको तर्क छ । साथै पछिल्लो समय प्रविधिको विकासले सहजता थपेसँगै चुनौति पनि उत्तिकै बढिरहेको उहाँको बुझाई छ ।
संगीतकार ओम प्रकाशको बारेमा थप जानकारी
ओम प्रकाश राई आधुनिक विद्याका एक चर्चित संगीतकार हुनुहुन्छ । उहाँले पप, लोक, चलचित्र तथा भोजपुरी गित, मैथिलि, पञ्जावि, हिन्दि लगायतका ३५ सय गीतहरुमा संगीत भरिसक्नुभएको छ ।
नेपालका चर्चित गायक रामकृष्ण ढकाल, प्रमोद खरेर, अञ्जु पन्त, राजेश पायल राई, स्वरुपराज आचार्य, मेलिना राई लगायत अन्य थुप्रै गायक गायिकाहरुले गाएको गितमा उहाँले संगीत भर्नुभएको छ ।
उहाँ आफै शब्द पनि लेख्ने गर्नुहुन्छ । उहाँले ०५३ सालमा आफनै शब्द र संगीतमा ‘हिँडने बाटो अन्तै मोडियो’ यस गीतमा संगीत भर्नुभएको थियो । उहाँले आफनो गितमा संगीत भर्ने काम गरे पनि अरुको शब्दमा भने संगीत गर्नुभएको थिएन । पहिला अरुले शब्द दिन हिचकिचाउने गर्थे तर ‘बिरानो लाग्यो त्यो तिम्रो शहर’ यस गीतमा संगीत भरीसकेपछि अरु गीतकारहरुले पनि शब्द दिन शुरु गरेको बताउनुहुन्छ । सो गीतमा कुशल फलङको आवाज रहेको छ । उहाँले कुनै दिन एकै दिनमा १० वटा गितमा संगित गरेर सक्नुहुन्थ्यो ।
उहाँको भावना, लालिमा, मुर्छना, स्वीकार प्रिति लगायतका ७ वटा एकल एल्बमहरु रहेका छन् । जसमा स्वीकार पहिलो एल्बम हो । नेपाली गीतहरुमा संगीत गर्न भ्याईनभ्याई भईरहेको समयमा संगीतकार सञ्वय यादवले उहाँलाई भोजपुरी गीतमा संगीत भर्नका लागि पहिलो पटक आग्रह गर्नुभएको थियो । त्यसपश्चात उहाँ भारतिय विभिन्न गितहरुमा समेत संगीत भर्न शुरु गर्नुभयो ।
०४८ सालदेखि व्यवसायिक रुपमा संगीत क्षेत्रमा निरन्तर लागिरहेका संगीतकार ओम प्रकाश राई विश्व बजारमा नेपालि गितहरु रुचाईएको देख्दा खुशि लागेको बताउँछन् । राजेश पायल राई, शिव परियार, अञ्जु पन्त, मेलिना राई उनलाई मनपर्ने गायक गायिका हुन भने राजनराज शिवाकोटि, महेश खड्का उनलाई मनपर्ने संगितकार हुन ।
परिवारमा सांगितीक माहोल भएको कारण आठ वर्ष उमेरको हुँदा देखि नै उहाँले संगीत सिक्दै आएको बताउनुहुन्छ । डा. विन्देश्वरीनाथ, भोला प्रशाद राई र सत्रुघन नेताबाट भारतमा उनले संगित सिक्नुभएको हो । भारतबाट संगीत कक्षा सिकेर ०४८ सालमा नेपालमा आएर धरानमा उहाँले करीव १९ वर्ष श्री सरगम संगीत विद्यालय सञ्चालन गर्नुभयो । १०÷१२ हजार विद्यार्थीलाई उहाँले संगीत सिकाउने काम गर्नुभयो । दिपक लिम्बु, लिला राई, कृष्ण भक्त राई, प्रशना शाक्य, यि सबै प्रशिद्ध गायकहरु गायिकाहरु आफनो विद्यार्थी रहेको उहाँको भनाई छ । आफनो विद्यार्थीहरुले प्रशिद्धी कमाएको देख्दा खुशि लागेको उहाँ बताउनुहुन्छ ।
पहिलोपटक स्वर्गिय गायक नारायण गोपालको आवाजमा रहेको पर्खी बसे गीत उहाँले रेडियो नेपालमा सुन्नुभएको थियो । र उनै स्वर्गिय गायक नारायण गोपाल, भक्त राज आचार्यको गितबाट धेरै प्रभावित हुनुभएको थियो । राजेश पायलको आवाजमा रहेको ‘को रुँदैन होला मनमा चोट पुगेपछि’ आफनो जीवनसँग मेल खाने अर्थात आफुलाई मनपर्ने गीत रहेको उहाँ बताउनुहुन्छ ।
उहाँलाई मनपर्ने गीतकार कालि प्रसाद रिजाल जसको दुइटा फूल देउरालिमा उहाँलाई मनपर्ने गित हो । साथै उहाँले कालि प्रसाद रिजालको शब्द ‘त्यसै पनि त्यसै कुरा गर्दारहेछन मान्छे’ मा संगित भर्नुभएको छ । यस गितमा यमबराल को आवाज रहेको छ । उहाँलाई मनपर्ने संगीतकार गोपाल योञ्जन, सम्भुजीत बासकोटा र राजनराज शिवाकोटि हुन् ।
अहिले उहाँले काठमाडौँ स्थित नयाँ बानेश्वरको बुद्धनगरमा रेकर्डिङ स्टुडियो सञ्चालन गर्दै आउनुभएको छ भने हिरो अफ ट्यालेन्टको कार्यक्रममा निर्णायकको भूमिका पनि निभाईरहनुभएको छ, साथै हिन्दि गित तथा संगीतको तयारीमा गर्नमा समेत व्यस्त हुनुहुन्छ ।
“संगित बिनाको जिवन नुन बिनाको खल्लो तरकारी जस्तै हुनेछ । सधैँ यहि क्षेत्रमा रहिरहनेछु । संगीतमा साधना तपस्या गरिहेको छु”, उहाँ भन्नुहुन्छ ।